सप्तरीका युवक गोरखामा मृत भेटिए
गोरखा : सप्तरी स्थायी घर भइहाल गोरखाको मनकामनामा मजदुरी गर्दै आएका एक युवक बुधबार मृत अवस्थामा भेटिएका छन्।
सिसही बेलही खड्ग नगरपालिका वडा नम्बर २ का २२ वर्षीय करनकुमार चौधरीको शव बुधबार बिहान शहीदलखन गाउँपालिका २ नयाँबारीको भीरमा भेटिएको प्रहरीले जनाएको छ।
निर्माणाधीन मनकामना रिट्रिट रिसोर्ट स्पा प्रालिमा काम गर्ने चौधरी मंगलबार साँझ काम सकेर मनकामना बजार गई सम्पर्कबिहिन भएका थिए।
उनका साथी तथा रिसोर्टका कर्मचारीहरुले खोजी गर्ने क्रममा बुधबार बिहान साँढे आठबजे बाटोबाट करिब २० फिट तल मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।
उनको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !