मनकला हत्या प्रकरण : जेठाजुसहित तीनजना पक्राउ

मनकला हत्या प्रकरण :  जेठाजुसहित तीनजना पक्राउ

जाजरकोट : पश्चिम रुकुम त्रिबेणि गाउँपालिका– ४ छहरेमा हत्या गरिएकी मनकला खत्री खड्का घटनाको सोधपुछका लागि जेठाजुसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

मृतकका माइला जेठाजु ( श्रीमानका दाइ ) केशरबहादुर खडका र उनका दुई छोराहरु १५ र ११ वर्षीयलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।

प्रहरीले घटनास्थलबाट शंकास्पद वस्तु टर्च लाइट, कपडाहरु पनि फेला पारेको जनाइएको छ । सोमबार राति मनकलाको घर नजिकैको भैसी गोठ मुनि मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म नफर्केपछि उनको खोजि भएको थियो । खोजिका क्रममा मनकलाको गोठबाट फर्कने बाटो भन्दा केही तल शव भेटिएको थियो । मनकलाको शव पोष्टमार्टम गरेर अन्तिम संस्कार समेत गरिएको छ । 

मनकलाको टाउकोमा धारिलो हतियार प्रहार गरेको चार वटा गहिरो चोट लागेको छ । उनको नाक, कान र घाँटीमा भएका सबै गरगहना लुटिएको छ । टाउकोमा धारिलो हतियारको गहिरो चोट थियो भने एउटा कान पूरै काटिएको र अर्को कान च्यातिएको अवस्थामा थियो।

हत्यामा कसको संलग्नता हो अहिलेसम्म केही खुलेको छैन । पोष्ट मार्टमको रिपोर्ट आएपछि अरु कुरा खुल्दै जाने प्रहरीले जनाएको छ। अहिले घटनाबारे केहीलाई सोधपुछ गर्ने कार्य चलिरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।

अनुसन्धानका लागि बाँकेबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए । मृतकका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेका छन् ।घरमा  सात वर्षीय एक छोरा र सासूआमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.