गोरखामा कोरोना संक्रमण फेरि बढ्यो

गोरखामा कोरोना संक्रमण फेरि बढ्यो

गोरखा : मास्क लगाउनेको संख्या घट्दै गएपछि जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले मास्क लगाउने बारे जनचेतना र्‍याली आयोजना गरेको छ । संक्रमण दर न्यूनिकरण गर्ने उद्देश्यले आइतबार बिहान ‘तपाईँको मास्क खोइ ?’ अभियान सञ्चालन गरेको हो । जिल्लामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ।

बिहान आठ बजे जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु भएको र्यालीमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठ, प्रहरी उपरीक्षक शेखर खनाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष कैलाशबाबु श्रेष्ठ लगायत प्रहरी तथा सेवा केन्द्रका पदाधिकारीहरु सहभागी थिए ।
र्याली गोरखा नगरपालिका ७ नयाँबसपार्कसम्म पुगेको थियो । 

र्यालीमा सहभागीहरुले मास्क नलगाई हिड्ने बटुवा, सवारी चालक, पसले, ग्राहक सबैलाई मास्क लगाउन आग्रह गरेका थिए । र्यालीका सहभागीले मास्क नलगाई हिड्ने ज्येष्ठ नागरिक, अतिनिम्न आर्थिक स्थितिका व्यक्तिहरुलाई मास्क पनि प्रदान गरेका थिए ।  

गत वैशाखदेखि दोस्रो भेरियण्टको कोरोना महामारी फैलिएपछि प्रहरी र सामुदायिक सेवाकेन्द्रले पहिलो पटक तपाईँको मास्क खोई अभियान सञ्चालन गरेको थियो । गत असारमा कोरोना संक्रमितको संख्या घटेपछि निषेधाज्ञा खुकुलो बनाइएको थियो ।

‘संक्रमितको संख्या घटेर निषेधाज्ञा खुकुलो हुन थालेपछि एकातिर मास्क लगाउनेको संख्या घट्न थाल्यो, अर्कातिर कोरोना संक्रमण दर फेरि बढ्न थाल्यो त्यसैले फेरि मास्क लगाउन सचेत गराउन र्याली आयोजना गरिएको हो’, सामुदायिक सेवाकेन्द्र गोरखाका अध्यक्ष कैलाशबाबु श्रेष्ठले भने ।
अहिले गोरखामा सक्रिय संक्रमितको संख्या पाँचसय २६ जना रहेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.