डोरीले बाँधेर बालक कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

डोरीले बाँधेर बालक कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

जाजरकोट : डोरीले बाँधेर अमानवीय तरिकाले कुटपिट गर्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले  पक्राउ गरेको छ ।  पक्राउ परेका वडाध्यक्ष नेपालीलाई सदरमुकामतर्फ ल्याउने काम भइरहेको निमित्त जिल्ला प्रहरी प्रमुख खुमानन्द पाण्डेले बताए । घटनास्थल सदरमुकामबाट करिब ८० किलोमिटर टाढा भएकाले सदरमुकाम पुग्न केही समय लाग्ने पाण्डेले बताए।

‘पीडितलाई पनि बोलाएका छौं। यस घटनालाई प्रहरीले गम्भीररुपमा लिएको छ । घटनाको छानवीन गरी कारवाही प्रक्रिया अघि बढ्छ,'उनले भने। वडाध्यक्ष नेपालीको धम्की र डरकै कारण सर्पेले अहिलेसम्म घटनाबारे कतै उजुरी दिएका छैनन् । गत साउन १५ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा भ्रष्टाचार गर्न पाइदैन भन्दै जाँड खाएर होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले सोही ठाउँका सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए।

सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ‘सर्पेले वडाध्यक्षलाई भत्तामा अनियमितता गरेको आरोप लगाएका थिए, वडाध्यक्षले त्यही झोकमा कुटपिट गरे,’ एक प्रत्यक्षदर्शीले अन्नपूर्ण अनलाइनलाई भने । 

घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई उल्टै आइन्दा यस्तो नगर्ने भन्दै माफी मगाएर कागज गराएर आमा चन्द्रा दमाईको जिम्मा लगाएका थिए । घटनालाई गाउँमै मिलाउन खोजेको प्रहरीले मिडिया र अधिकारकर्मीको चर्को दबाव थेग्न नसकेपछि बल्ल बिहीबार पक्राउ गरेको हो । अन्नपूर्णपोष्ट दैनिक र अन्नपूर्णपोष्ट अनलाइनको बिहीबारको अंकमा वडाध्यक्षले पिटे, प्रहरीले मगायो पीडितलाई माफी भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि प्रहरी थप दबावमा परेको हो ।

पीडित सर्पे दमाईलाई पनि जाहेरी दिन लगाउने र घटनाबारे बुझ्नन सदरमुकाम बोलाइएको निमित्त प्रहरी प्रमुख पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.