बीपी प्रतिष्ठानमा अख्तियारको छापा

बीपी प्रतिष्ठानमा अख्तियारको छापा

धरान : भ्रष्टाचारको अखडा बनेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । अख्तियारको केन्द्रीय कार्यालय टंगाल र प्रदेश कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी सबै कागजपत्र नियन्त्रणमा लिएको छ । 

बीपी प्रतिष्ठानमा व्यापक भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारको टोली प्रतिष्ठान आएको बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालका बरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर तामाङको नेतृत्वको टोलीले प्रतिष्ठानमा छापा मारेको हो ।

बीपी प्रतिष्ठानमा औषधि, उपकरण खरिद, भौतिक निर्माणलगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीको मिलेमतो गरी बजार मूल्यभन्दा बढी मूल्यमा खरिद गरेको र ठेक्का लगाएको सूचना बाहिर आएपछि अख्तियारको टोलीले प्रतिष्ठानमा छापा मारेको हो।

प्रतिष्ठानमा नियम विपरित उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्टार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साह र लेखा प्रमुख र खरिद शाखा प्रमुखको मिलेमतोमा प्रतिष्ठानमा करोडौं रकम हिनामिना गरेको उजुरीका आधारमा अख्तियारको टोलीले प्रतिष्ठानमा छापा मारेको हो। टोलीले प्रतिष्ठानको लेखा शाखा, खरिद शाखा, स्टोरलगायतका शाखामा गई आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ । 

प्रतिष्ठानमा गिरी उपकुलपति र रजिष्टार रेग्मी नियुक्त भएर आए यता संस्थालाई एक अर्बभन्दा बढी घाटा लागेको छ । गिरी, रेग्मी, खनाल र साहले प्रतिष्ठानलाई आर्थिक अनियमितता गरी धरासाही बनाएको भन्दै यहाँका चिकित्सक, कर्मचारीले समेत भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै दुई महिनादेखि आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डा. विष्णु पोखरेलले प्रतिष्ठानमा भएका सबै खाले भ्रष्टाचारको छानविन गरी तत्काल दोषीलाई कारवाही गर्न माग गरेका छन् । 

प्रतिष्ठानका पदाधिकारीहरुले मातृ शिशु भवन, फारमेसी भवन निर्माणमा तोकिएको भन्दा बढी रकममा ठेक्का लगाई आर्थिक अनियमितता गरेको, कोभिड अस्पताल संचालन गर्दा करौडौं रुपैयाँ हिनामिना गरेको, प्रतिष्ठानको अक्सिजन प्लान्ट मर्मतमा लाखौं रुपैयाँ हिनामिना गरेको, आइसीयू, भेण्टिलेटर, बेड खरिदमा अनियमिता गरेको आरोप लगाएका छन्।

अख्तियारका बरिष्ठ प्रहरी उपरीक्षक तामाङले प्रतिष्ठानमा भएका आर्थिक अनियमितताबारे उजुरीका आधारमा छानबिनमा आएको र केही कागजपत्र नियन्त्रणमा लिएको बताए । उनले यस विषयमा अनुसन्धान भइरहेको भन्दै थपकुरा बताउन चाहेनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.