संक्रमित वृद्धको कोभिड अस्पतालमै मृत्यु
भोजपुर : कोभिड १९ संक्रमणबाट एक ८८ वर्षीय वृद्धको मृत्यु भएको छ। भोजपुर नगरपालिका-७ का बृद्धको गएराती भोजपुर कोभिड अस्पतालमा मृत्यू भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि वृद्धको एन्टिजेन्ट चेक गर्दा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनलाई शुक्रबार नै भोजपुर कोभिड अस्पताल देउरालीमा राखिएको थियो ।
योसँगै भोजपुरमा दोस्रो चरणको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।