जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै  (फोटोफिचर)

जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै  (फोटोफिचर)

तानसेन : पाल्पामा कोरोना संक्रमण जोखिमको हुँदाहुँदै पनि संस्कृति र परम्परा जर्गेना गर्न माक्स लगाएरै रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदैछ। हिन्दु धर्मालम्बीहरुले जनैपूर्णिमा तथा रक्षाबन्धन धार्मिक विधिअनुसार मनाइरहेका छन्।

पुरोहितले बिहानै नदी, नाला, ताल तलैया, खोला धारामा स्नान गरी ऋषि तर्पणी गरेर विधिवत मन्त्रले मन्त्रिएको जनै फेरेर रक्षा कवजको रुपमा हातहातमा रक्षा बन्धन गरेका छन् । पाल्पाको विभिन्न मन्दिरमा पण्डित तथा भक्तजनहरुले माक्स लगाएर आत्माको शुद्धिकरण तथा रक्षाका लागि मन्त्रले शुद्ध बनाइएको धागोबाट नाडीमा रक्षा बन्धन गरेका छन् ।

तानसेनवासी रक्षा बन्धनका लागि बिहानैदेखि अमरनारायण मन्दिर, शिव मन्दिर, भगवती मन्दिर पुगेका छन् । आजै बाह्रमण पण्डितहरु आ–आफनो जजमानको घर–घरमा पुगी रक्षा बन्धन गर्ने जजमानले दक्षिणा, तथा फलफूल दिने परम्परा छ । 

ब्राहमणहरु घरघरमा गइ आफ्ना जजमानहरुको रक्षा बन्धन गरिदने परम्परा रहेपनि बढ्दो कोभिडका कारण घरघरमा नगएपछि पाल्पाका मन्दिरमा रक्षाबन्धन गर्नेको भीडभाड लागेको थियो । आजै ज्वाइ ससुराल पुगी रक्षा बन्धन गरिदिने र  भान्जाहरु आफ्नो मामा घरमा, पुगी रक्षा बन्धन गर्ने परम्परा छ ।

यसैगरी तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई राखी लगाउने प्रचलन छ। तर पछिल्ला दिनमा यो सबै क्षेत्र र समुदायले मनाउन थालेका छन्। यसैगरी नेवारी समुदायमा विभिन्न १२ थरीका गेडा गुडी भिजाएर टुसा उमारी क्वाटी खाने परम्परा रहेको छ । क्वाटी खाएमा विभिन्न रोगहरु नलाग्ने र शरीमा रोगसँग लड्ने क्षमता बढाउने जनविश्वास छ ।  

जिल्ला प्रशासन कार्यालय पाल्पाले भीडभाड नगरी घरघरमा जनैपूर्णिमा तथा रक्षा बन्धन मनाउन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.