विकास बैंकको नाफा साढे ५ अर्ब

विकास बैंकको नाफा साढे ५ अर्ब

काठमाडौं  : राष्ट्रिय स्तरका विकास बैंकले गत आर्थिक वर्षमा साढे ५ अर्ब रुपैयाँबराबरको नाफा आर्जन गरेका छन्। सञ्चालनमा रहेका ८ राष्ट्रियस्तरका विकास बैंकले ५ अर्ब ५९ करोड ८८ लाख ४९ हजार रुपैयाँबराबरको नाफा आर्जन गरेका हुन्। यो दर अघिल्लो आर्थिक वर्षको दरभन्दा ६८.९५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यस्ता बैंकहरूले ३ अर्ब ३१ करोड ३९ लाख २१ हजार रुपैयाँबराबरको नाफा गरेका थिए। 

गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा आर्जन गरेको हो। तर, अघिल्लो वर्षको तुलनामा अत्यधिक नाफा आर्जन गर्नेमा कामना विकास बैंक अगाडि आएको छ।  यो अवधिसम्म मुक्तिनाथले १ अर्ब १५ करोड ९ लाख रुपैयाँको हाराहारीमा नाफा गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ६२.६९ प्रतिशतले बढी हो। यही बैंकले अघिल्लो आवमा ७० करोड ७४ लाख नाफा कमाएको थियो।

मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको नाफा बढ्नुमा पुँजीको लागत बढेको बताए। नाफा बढी भए पनि रिटर्न अन इक्विटी (आरओई) घटेको उनेको गुनासो छ। नेपाल डेभलपमेन्ट बैंकर्स संघका अधयक्षसमेत रहेका पोखरेलका अनुसार विकास बैंकको पुँजी लगानी बढेकै अनुपातमा निक्षेप, कर्जाजस्ता व्यवसाय पनि बढेको छ। कोभिडको प्रभाव नपरेको भए नाफाको दर अझै बढ्न सक्ने उनको आँकलन छ। 

‘केन्द्रीय बैंकले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) को सीमा असल कर्जामा १.३ प्रतिशत पु¥यायो। यद्यपि यो राम्रो पक्ष हो,’ उनले भने। तुलनात्मक रूपमा व्यवसायको वृद्धि विकास बैंकमा बढी भएको उनको तर्क छ।  निक्षेप र कर्जामा पनि राम्रै वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकको ११ महिनाको तथ्यांकलाई विश्लेषण गर्ने हो भने विकास बैंकको निक्षेप वृद्धिदर करिब १७ प्रतिशतले बढेको छ। यसको तुलनामा वाणिज्य बैंकको यस्तो वृद्धिदर १४ प्रतिशत मात्रै देखिन्छ। 

‘यो अवधिमा केही विकास बैंक वाणिज्य बैंकसँग गाभिएका(मर्जर) थिए। गाभिएपछि सबै कारोबारको दायित्व वाणिज्य बैंकमा सर्छ,’ उनले भने,‘ विकास बैंकबाट निजी क्षेत्रमा भएको लगानी वृद्धि २६ प्रतिशत छ। मर्ज भएका विकास बैंकहरूको व्यवसाय वृद्धि भएको हो। यसरी व्यवसाय बढेपछि नाफा दर बढ्नु  स्वाभाविक हो। कोभिड महामारीबीच बन्दाबन्दी भएर बजार खुलेपछि व्यवसायमा राम्रो वृद्धि भएको उनको अनुभव छ। 

दोस्रो बढी नाफा गर्ने बैंकमा गरिमा विकास बैंक छ। यसले गत आवमा ८२ करोड ५२ लाख रुपैयाँ बराबरको नाफा हात पारेको थियो। यो अघिल्लो आर्थिक वर्षको भन्दा ४२.९७ प्रतिशतले बढी हो। अघिल्लो आवमा ५७ करोड ७२ लाख रुपैयाँ यो बैंकले नाफा गरेको थियो। उक्त बैंकको लाभांश क्षमता भने १८.७० प्रतिशत छ। 

यसैगरी ज्योति विकास बैंकले ७४ करोड १६ लाख रुपैयाँ कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ५१.८४ प्रतिशतले बढी हो। यो बैंकले अघिल्लो आवमा ४८ करोड ८४ लाख नाफा आर्जन गरेको थियो। यसले गत आवको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई १५.६८ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा पुगेको छ। 

महालक्ष्मी विकास बैंकले ७३ करोड रुपैयाँ कमाएको छ। अघिल्लो आवमा ४२ करोड ८५ लाख कमाएको थियो। तुलनात्मक रूपमा यो नाफा ७१.०४ प्रतिशतले बढेको हो। यसको लाभांश क्षमता १६.९६ प्रतिशत छ। 

यता कामना विकास बैंकले पनि ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा ११ करोड ९७ लाख रुपैयाँ यसले आर्जन गरेको थियो। यो बैंकले अघिल्लो वर्षको तुलनामा ४८४.९६ प्रतिशतले नाफा बढी कमाएको हो। यसको लाभांश क्षमता १६.३८ प्रतिशत छ। यस्तै लुम्बिनी विकास बैंकको नाफा ५२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यसको नाफा ३७ करोड ८५ लाख रुपैंयाँ थियो।  यसको लाभांश क्षमता १२.७६ प्रतिशत छ। 

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५१ करोड नाफा कमाएको छ। यसको लाभांश क्षमता ११.१२ प्रतिशत छ। यो बाहेक सांग्रिला डेभलपमेन्ट बैंकले ४२ करोड रुपैयाँ नाफा गरेको छ। यसको लाभांश क्षमता १०.५४ प्रतिशत छ। 

राष्ट्रिय स्तरका वाणिज्य बैंकमध्ये बढी नाफा गर्नेमा मुक्तिनाथ बैंक अघि देखिए पनि नाफा वृद्धिदर बढाउनेमा कामना विकास बैंक अग्रपंक्तिमा छ। राष्ट्रियस्तरका ८ विकास बैंकको वार्षिक वित्तीय विवरण सार्वजनिक भए पनि यो बाहेकका १ जिल्लेदेखि १० जिल्लासम्मका सबैको विवरण सार्वजनिक भएको छैन। हाल १८ विकास बैंक सञ्चालनमा छन्। 

यसैबीच राष्ट्रियस्तर बाहेकका केही बैंकको नाफा दर भने संकुचित भएको छ। गत आवको वार्षिक वित्तीय प्रतिवेदनअनुसार नारायणी डेभलपमेन्टको नाफा १ करोड ६ लाख ७१ हजार रुपैयाँले ऋणात्मक देखिएको छ। गत आवमा मितेरी डेभलपमेन्टले १५ करोड ५५ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो। यस्तै सप्तकोसी डेभलपमेन्टले ३ करोड ६ हजार र सिन्धु विकासले ३ करोड १८ लाख ९५ हजार खुद नाफा कमाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.