अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा गिरावट

अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा गिरावट

काठमाडौं : तीन दिनको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा मंगलबार उच्च अङ्कको गिरावट आएको छ। विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएको हो। 

पछिल्ला दिनमा जलविद्युत् उपसमूहको शेयरमा अस्वभाविक चलखेल भएको भन्दै गुनासो बढेको थियो। विद्युत् नियमन आयोगले समेत सो सम्बन्धमा चासो व्यक्त गरेको थियो। नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ५६.०३ बिन्दुले घटेर तीन हजार १२४.८७ मा ओर्लेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.८१ बिन्दुले घटेर ५७७.६६ मा ओर्लेको छ। 

कूल २२५ कम्पनीको दुई करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर रु १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० मा कारोबार भयो। मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ६६ अर्ब छ करोड १९ लाख १० हजार बराबरमा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ। वित्त ४५.७९ र निर्जीवन बीमा ११२.८ बिन्दुले बढेको छ।  

यस्तै, बैंकिङ १९.८२, व्यापार ६२.५३, होटल तथा पर्यटन १७.०२, विकास बैंक २४३.८९, जलविद्युत् १३२.७७, उत्पादन १५७.४, अन्य ३०.०२, लघुवित्त ३१.४५, जीवन बीमा १४३, सामूहिक लगानी कोष ०.०१ र लगानी ५.२५ बिन्दुले घटेको छ। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ७५ करोड ४३ लाख ३३ हजार ७२३ बराबरको कारोबार भयो। अरुण काबेली पावर रु ७१ करोड ९१ लाख ६१ हजार ७९२, नेशनल हाइड्रोपावर रु ५८ करोड ५३ लाख ८६ हजार २३४, रिडी हाइड्रोपावर रु ४७ करोड २० लाख एक हजार ९१९ र नेपाल बैंक रु ४१ करोड ७६ लाख ८९ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। 

नेप्सेका अनुसार गुर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। सेन्ट्रल फाइनान्स ७.४७, नेको इन्स्योरेन्स ५.०६ र जनरल इन्स्योरेन्सका शेयरधनीले ४.४९ प्रतिशतले कमाए। 

१६ कम्पनीको शेयरमा नकारात्मक सर्किट 

नेप्सेका अनुसार मंगलबार अधिकांश जलविद्युत् कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। विवरणअनुसार १६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेपछि नकारात्मक सर्किट लागेको हो। सबैभन्दा बढी नेशनल हाइड्रोपावरको शेयर रु ४८ ले घटेको छ। 

एचआइडिसीएल, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, नेपालहाइड्रो डेभलपर, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य १० प्रतिशतले घटेको छ। 

यस्तै, पञ्चकन्या माई हाइड्रोपावर, ९.९९, हिमालयन पावर पार्टनर ९.९९, लिवर्टी इनर्जी ९.९२, र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ९.८६ प्रतिशतले गुमाएका छन्। अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य ओरालो लाग्दा नेप्सेले पनि आरोलोको यात्रा तय गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.