एमालेको दशौँ महाधिवेशन मङ्सिरमा, असोज ४ गतेबाट विधान अधिवेशन

एमालेको दशौँ महाधिवेशन मङ्सिरमा, असोज ४ गतेबाट विधान अधिवेशन

काठमाडौं : नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन गर्ने भएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले दशौँ महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। 

आगामी असोज ४, ५ र ६ गते विधान अधिवेशन गरिने भएको छ।

ज्ञवालीका अनुसार महाधिवेशन र विधान अधिवेशन दुवै काठमाडौँमा नै आयोजना गरिने छ। यस्तै, अर्को पार्टी बनाउने तयारीमा रहेका माधव नेपालसहितका नेता तथा कार्यकर्तालाई पार्टी एकतामा आउन बैठकले आह्वान गरेको छ। 

बैठकले पार्टीका सबै निकायलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिइएको छ। गत असार २७ गतेको १० बुँदे सहमतिका आधारमा क्रियाशील हुन सबै निकायलाई निर्देशन दिइएको सो पार्टीले जनाएको छ। 

यस्तै, १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेको कार्यदल गठन गरिएको छ।

स्थायी कमिटीको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रदीपकुमार ज्ञवाली । तस्बिर : रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.