कोभिड–१९ को नक्कली रिपोर्ट : कर्मचारीमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन

कोभिड–१९ को नक्कली रिपोर्ट : कर्मचारीमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको नक्कली रिर्पोट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्र कर्मचारीमाथि छानबिन सुरु गरेको छ। मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिपोर्ट बनाएको आरोपमा छानबिन सुरु गरेको हो। सर्वसाधारणले उजूरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो।

मन्त्रालयले केन्द्रका सञ्चालक समिति विजय राई संयोजक र  मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा शङ्कर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड–१९ को नक्कली रिपोर्ट  बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको बताए।

यादवले नक्कली कागजात बनाउने,  केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, बिना परीक्षण रिपोर्ट  निकाल्ने गरेको पाइएको उनले जानकारी दिए।  'केन्द्रको ल्याब कक्षमा बसेर नक्कली रिपोर्ट  बनाउनका लागि बार्गेनिङ गर्ने गरेको पनि पाइयो', उनले भने, 'स्वाबको परीक्षण नगरिकन यादवले रिपोर्ट  बनाउने गरेको देखियो।'

उपसचिव बस्नेतका अनुसार विदेश जानेको सङ्क्रमण देखिए यादवले  रकम लिएर रिर्पोटलाई नेगेटिभ पनि बनाउनेसमेत गरेको पाइएको छ। यादवलाई यसअघि पनि पटक–पटक स्पष्टीकरण सोधिएको उनले जानकारी दिए। यादवलाई गङ्गालाल को सेवा सर्त नियमावलीअनुसार भविष्यमा हृदय रोग केन्दको सेवामा अयोग्य ठहर गर्दै बर्खास्त गर्ने गरी विभागीय सजाय गर्न सञ्चालक समितिलाई सिफारिस गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.