श्रीलङ्काका सेकुगे र मलेसियाका विरनदीपले एभरेष्ट प्रिमियर लिग खेल्ने

श्रीलङ्काका सेकुगे र मलेसियाका विरनदीपले एभरेष्ट प्रिमियर लिग खेल्ने

काठमाडौं : श्रीलङ्काका सेकुगे प्रसन्न र मलेसियाका वीरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। दुवै जनाले उक्त प्रतियोगिता चितवन टाइगर्सबाट खेल्ने पक्का भएको छ। 

चितवन टाइगर्सले बिहीबार विज्ञप्ति जारी गर्दै सेकुगे र वीरनदीपलाई इपिएलका लागि अनुबन्ध गरिएको जनाएको छ। सेकुगे ब्याटिङ र बलिङ गर्नसक्ने खेलाडीका रुपमा परिचित छन्। यस्तै मलेसियाका पूर्वकप्तान वीरनदीप ब्याट्सम्यान हुन्। दुवै खेलाडीलाई भित्र्याएपछि आफ्नो टोली बलियो भएको चितवन टाइगर्सका मालिक किशोर भट्टराईको भनाइ छ। 

चितवनले यसअघि पाकिस्तानका डानिश अजिज तथा अफगानिस्तानका मोहम्मद साहजाद र करिम जान्तलाई अनुबन्ध गरिसकेको छ। चितवनले टोलीको कप्तानी गर्ने जिम्मा सोमपाल कामीलाई सुम्पेको छ। चौथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ। 

प्रतियोगितामा चितवन टाइगर्ससँगै ललितपुर प्याट्रीयट्स, भैरहवा ग्ल्याडियटर्स, काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन्। चितवनको टोलीमा भीम सार्की, कमलसिंह ऐरी, दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, आदिल खान, सागर ढकाल, खड्ग बोहरा, इशान पाण्डेलगायतका खेलाडी रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.