बर्सेनि किन डुब्छ तराई ?

बर्सेनि किन डुब्छ तराई ?

काठमाडौं : चुरेबाट बग्ने खोलाले यतिखेर एकाएक रुप फेरेका छन्। खोलाले रुप फेरिदिँदा तराईका ३७ जिल्ला डुबानमा परेका छन्। स्थानीय त्रसित छन्। चुरेबाट बग्ने १ सय ६४ नदीको चरम दोहनले बस्ती मात्रै प्रभावित भएका छैनन् स्थानीय अकालमा ज्यान गुमाउन बाध्य छन्।

वर्षात्‍मा प्रत्येक वर्ष तराई डुबानमा पर्नुको मुख्य कारण अत्याधिक चुरे दोहन रहेको वातावरणविज्ञ बताउँछन् । तराईबासी प्रत्येक वर्ष बाढीमा डुबेरै निसासिन्छ । गाउँमा खोलाको बाढीले बाँध भत्काएर गाउँ पसेपछि घरसँगै,सडक सञ्जाल र विद्युत सेवा अवरुद्ध हुन्छ । त्यहाँबाट विस्थापितहरु हलचल गर्न समेत पाउँदैनन् । असार, साउन, भदौ मधेशबासीका लागि दु:खद महिना हुन् । यी तीन महिनामा बाच्न पाए बाँकी ९ महिना सहजै बाँच्न सक्नेमा उनीहरु ढुक्का हुन्छन्। यी तीन महिनामा जीवन पार लगाएकाहरु रोगब्याधीको भयले छुँदैन।

हरेक वर्ष वर्षातको समयमा डुङ्गा र हेलिकोप्टरबाहेक गाउँ जाने सबै विकल्पमा बाढीले बिराम लगाउने गरेको प्रदेशसभा सदस्य सारदा देवी थापाले बताइन् । 'वर्षा हुनु र बाढी आउनु प्राकृतिक नियम हो । तर, बाढीले बस्ती डुबाउनु र मान्छे मार्नु मानव सिर्जित समस्या हो,'नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाका सभापति दीपक मिश्र भन्छन्,‘चुरे दोहनले बाढीले बगाएर ल्याउने बालुवाले खोलाको तह बढेर गाउँभन्दा माथि आइसकेको छ ।’

सामान्य वर्षा हुँदा पनि खोलाको बाढी गाउँ पुग्ने गरेको उनले बताए । २९ वर्षदेखि बाढी पीडितको राहत र उद्दारमा खटिदै आएका उनले भने,‘प्रकृति संरक्षणविना बाढी विपद् रोक्न सक्दैनौं ।’ प्रत्येक वर्ष बाढीले तराई डुबाउनु सामान्यजस्नै भएको छ। हजारौं घर भत्किनु र लाखौं मान्छेको गाँस र बास गु्म्नु यहाँको नियतिजस्तै भएको छ । सयौं मान्छेले जीवनबाटै हात धुन बाध्यता बन्दै गएको छ । यो क्रम कहिलेसम्म बढ्दै् जाने हो त्यसको टुङ्गो छैन ।

खोलाको बाढी नियन्त्रणमा सरकारले गर्ने खर्च बढ्दो छ । नियन्त्रणमा आउनुपर्ने खोलाले विपद्को रफ्तार बढाउँदै लगेको छ ।प्राकृतिक प्रकोप घट्नुको साटो झन्, झन् बढ्दो छ । ‘बाढी समस्या होइन्, समस्या खोला संरक्षणमा गरिने राजनीतिक चलखेल हो, 'बाढी, डुबानम्बन्धी दुई दशकदेखि रिपोटिङ्ग गर्दै आएका प्रेस स्वतन्त्रता सेनानी तथा पत्रकार रवीन्द्र उप्रेतीले भने,‘खोलामा अनियमित ढंगबाट हुने बाँध निर्माण बाढीसँग अड्न नसक्नु मधेश डुबानको अर्को समस्या हो । ’

मधेशका जिल्लामा खोलामा जनताको तट्बन्ध र राष्ट्रपति चुरे तराई –मधेश संरक्षण विकास समितिले नदी प्रणालीअन्तर्गत खोला किनारमा तट्बन्ध लगाउँदै आएको छ । ‘पत्रकारहरुले रिर्पोटिङ्ग गर्ने बाढीका समाचार प्रकाशन गर्ने गैरसरकारी संस्थाहरु धनी भए,' सेनानी उप्रेती भन्छन्,‘तर, बाढीको दुःख भोग्नेहरुको दिन उस्तै छ ।’ बाढीपीडितको उदार र राहत वितरणमा राजनीति हुँदै आएको छ ।

तट्बन्ध निर्माणमा कमसल सामग्रीको प्रयोग गरेको पाइदैन। कमजोर बाँधलाई बाढीले बगाउन बेर लगाउँदैन। नदीको किनारमा बाँध बाध्न अर्बौ रकम खर्चिन्छ । ‘बाढी आएपछि त्यो बाँधको अतोपत्तो समेत हुँदैन । नेताका कार्यकर्ताहरु, उपभोक्ता समिति र ठेक्का लिएर त्यस्ता काम गर्दै आएका छन्, 'महोत्तरीका एक स्थानीय भन्छन्,‘ जब जेठ लाग्छ अनि खोलामा बाँध बाध्न सुरु गरिन्छ । लगतै आएको बाढीले त्यसलाई बगाएर लान्छ ।’

त्यस्ता बाँधलाई सजिलै बाढीले बगाएर गरिबको उठिबास लगाउँछ छ भने नेताका कार्यकर्तालाई कमाउने गतिलो मौका भएको छ। ‘खोलाले कटान गर्दै गयो, हाम्रो घर बगाउँदै लग्यो, हामीले घर सार्दै गयौं, 'महोत्तरीको पशुपतिनगरका झवसी राम भन्छन्, 'हुँदाहुँदै हामी सडकमै आइसक्यौं । सडकको बास पनि बाढीले कति खेर खोस्छ पत्तो छैन ।’

चुरे दोहनले तराईमा डुबान - चुरेविद् डा. विजय कुमार सिंह

लगातार २४ घण्टामा १४० मिलिलिटर भन्दा बढी पानी पर्यो भने जमिनले पानी सोस्न सक्दैन । धेरै पानी परेकाले बाढी र डुबानको समस्या आउँछ । झन् चुरे र तराईमा ३ सय  मिलिलिटरभन्दा बढी पानी परेको विगतको रेकर्ड छ ।लगातार झरी पर्दा पनि जमिनले पानी सोस्न सक्दैन र  तराईमा डुबान समस्या आउँछ । चुरेका जंगल बिनास भयो । जसले गर्दा चुरेमा पानी सोस्ने क्षमता कम हुँदै गयो ।

त्यसैले गर्दा चुरेबाट माटो मिसिएको पानी बाढी भएर तराईमा पुग्छ । पानीको घनत्व चाँही बाक्लो हुन्छ ।पानीमा माटोको लेदो मिसिएकाले जमिनमुनी पानी रिचार्ज हुन पाउँदैन ।चुरेका नदीहरुमा डोजरले तलसम्म खन्यो । २५-३० फिटसम्म खनेपछि खोलामुनी बग्ने पानी च्यानल बिथोलिएको छ । जसले गर्दा बाढीको सतह बढेर बाँध भत्काइ गाउँ डुबाउने गरेको हो।

गाउँमा निर्माण गरिएको पूर्व-पश्चिमका बाटाहरु वैज्ञानिक आधारमा निर्माण भएका छैनन् । जथाभावी पक्की बाटो निर्माण गर्ने लहरले पानीको निकास थुनिएको छ । पानी आफू खुशी हिड्न सकेको छैन ।

पानीको बेगलाई नाला, सडक, तटबन्धले साँघुरो बनायो । जसले गर्दा वर्षाको पानी एकैतर्फ जान्छ । त्यसले गर्दा गाउँहरु डुबानमा परे। खोला, खहरे अतिक्रमणको चपेटामा परेको छ । प्राकृतिक रुपमा खोलाहरु बग्न पाएको छैन । त्यस कारणले पनि डुबानको समस्या बढेर गयो ।

चुरेबाट १ सय ६४ वटा नदी प्रणालीहरु छन् । एउटा खोलाले १५ देखि २५ हेक्टरसम्म बर्षेनि खेतीयोग्य जमिन कटान गरेको देखिन्छ ।जनसंख्या बढ्दै गएको छ तर खेतीयोग्य जमिन मरुभूमिमा परिणत भइरहेको छ । यसले आउँदो पुस्तालाई खाद्यान्नको अभाव पनि सिर्जना गर्छ ।

चुरे दोहनले साउन-भदौमा बाढीको भेलले तराईलाई डुबाउँछ भने चैत्र-बैशाखको हिउँदमा पानीको हाहाकार मच्चाउँछ। चुरे नदी प्रणालीको वैज्ञानिक व्यवस्थान गर्न जरुरी मात्रै छैन भौतिक संरचना वैज्ञानिक आधारमा निर्माण गर्नु उत्तिकै महत्वपूर्ण छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.