नेपालगञ्ज नाकाबाट मात्र एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

नेपालगञ्ज नाकाबाट मात्र एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट यो वर्ष एक अर्ब ५२ करोड ३७ लाख रुपैया बराबारको गेडागुडी आयात भएको छ । यसअघि आर्थिक वर्ष ०७६/७७ मा  नेरु एक अर्ब १० करोड ८८ लाखको गेडागुडि  आयात भएको थियो । 
   सो नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा रु ८९ करोडको चामल आयात भएको छ, जुन आव ०७६/७७ कोभन्दा झण्डै रु २९ करोडभन्दा बढी हो । 

    आव ०७७/७८ मा रु ८८ करोड ९८ लाख ४२ हजार ९६ को ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आव ०७६/७७ मा रु ६० करोड १० लाख १५ हजार १४४ बराबरको आयात भएको थियो ।  आव ०७५/७६ मा रु ४९ करोड ७१ लाख १५ हजार आठ सय १३ को चामल आयत भएको देखिन्छ । 

    नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आव दुई अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको भण्डारीले बताए। आव ०७६/७७ मा एक अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो। 'पेट्रोल र खाद्यन्न आयातमा वृद्धि हुनुले परनिर्भरता बढ्दै गएको छ भन्ने  देखाउँछ,' उनेले बताए।

    कार्यालयका अनुसार गत आवमा चार अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव ०७६÷७७ को तुलनामा धेरै हो । उक्त आवमा रु एक अर्व ४४ करोड ६२ लाखको ती वस्तु आयात भएको थियो ।

    सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ । गत आवमा रु ३९ करोड १२ लाखको क्लिङ्कर आयात हुँदा आव ०७६/७७ मा रु ४१ करोड ९३ लाखका क्लिङकर आयात भएको थियो । 'सिमेन्टको क्लिङ्कर आयातमा भने कमी देखिएको छ,' कार्यालय प्रमुख भण्डारीले बताए,'लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिङ्कर आयातमा कमी भएको हुनसक्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.