त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजले ओभरसुट गरेपछि ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजले ओभरसुट गरेपछि ...

काठमाडौं : चीनको छेन्दुबाट काठमाडौं आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ। यसक्रममा  सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ।

मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ।  आज बिहान ६:२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोल नजिकबाट ओभरसुट गरेको थियो। उक्त जहाज बिहान ७:५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ ।

मौसम खराबीले जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलका एक उच्च अधिकारीले राससलाई जानकारी दिए। ‘जहाज सामान्य एप्रोचमा आएको हुन्छ, सामान्य मौसम खराबीले धावनमार्ग (रनवे) मिस एप्रोच भए पनि नेक्स्ट एप्रोचका लागि ओभरसुट गर्नुपरेको हो’, उनले भने।

काठमाडौं उपत्यकाका आकाशमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको छ। कतिपय गन्तव्यको उडान बिलम्ब भएको छ। विमानस्थलमा आइतबार मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको थियो। मौसम खराबीले भिजिबिलटी कम हुँदा पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएको बुद्ध एयरले जनाएको छ। यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडान केही विलम्ब भएको थियो।

देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान सामान्य प्रभावित भएको हो। हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.