उपचारपछि नयाँदिल्लीबाट फर्किए नेता खनाल

उपचारपछि नयाँदिल्लीबाट फर्किए नेता खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले रुपान्तरित गर्नुपर्ने बताएका छन्।

भारतको नयाँदिल्लीमा स्वास्थ्योपचारपछि सोमबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले एमालेमा आफूहरूले रगत र पसिना बगाएको भए पनि पछिल्लो समयमा नेतृत्वले त्यसको सम्मान नगरेको आरोप लगाए। उनले अब आफू पार्टीमा कार्यकारी भूमिका नरही देश र जनताको सेवामा सक्दो सहयोग गर्ने जनाए। सत्तरी वर्ष उमेरपछि पार्टीको कुनै पनि कार्यकारी भूमिकामा नरहने व्यवस्थालाई विधानतः लागू गर्नुपर्ने उनको भनाइ छ। 

नेता खनालको आगमनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठन गर्नुपर्ने औचित्यबारे पुस्ट्याइँ दिएका थिए। निर्वाचन आयोगले यही भदौ ९ गते उक्त समाजवादी दललाई मान्यता दिएको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.