नेपाल - भारत संयुक्त सैन्य अभ्यास असोज ४ बाट

नेपाल - भारत संयुक्त सैन्य अभ्यास असोज ४ बाट

काठमाडौं : नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास असोज ४ बाट भारतको पिथौरागढमा हुने भएको छ । नेपाल र भारतीय सेनाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘अभ्यास (एक्सरसाइज) सूर्य किरण’को नाम दिइएको छ । 

सैन्य अभ्यास मुख्यरुपमा प्रतिआतंकवाद र जंगल वारफेयरमा केन्द्रीत हुनेछ । भारतको उत्तराखण्डको पिथौरागढमा हुने एक्सरसाइज सूर्य किरणको यो १५‍‍ औं संस्करण हो । पिथौरागढमा असोज ४ बाट सुरु हुने सैन्य अभ्यास कार्तिक १३ गतेसम्म चल्नेछ ।

रक्षा मन्त्रालयका एक अधिकारीले दिएको जानकारी अनुसार, नेपाली सेनाको तर्फबाट प्रमुख सेनानीले नेपाली टोलीको नेतृत्व गर्नेछन् । नेपाली टोलीमा ३०० जनाको फौज हुनेछ । 

भारतीय सेनाको तर्फबाट ३ सय ५० जनाको फौज सैन्य अभ्यासमा सहभागी हुने रक्षा मन्त्रालय स्रोतले बताएको छ । अभ्यास सूर्य किरणको १४ औं संस्करण नेपालमा भएको थियो । रुपन्देहीको सालझण्डीस्थित नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा ‘अभ्यास सूर्य किरण’को १४ संस्करण भएको थियो । 

त्यसअघि ‘अभ्यास सूर्यकिरण’को १३ औं संस्करण उत्तराखण्डको पिथौरागढमा भएको थियो । नेपालमा भएको १४ संस्करणपछि कोरोना भाइरस संक्रमणका कारण अभ्यास रोकिएको थियो ।अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृतिक प्रकोप, पर्यावरण संरक्षणलगायतमा केन्द्रीत हुनेछ । यस अभ्यासले जंगली र पहाडी क्षेत्रमा विद्रोही गतिविधि र आतंकवादविरुद्ध लडन सहयोग पुर्‍याउनेछ ।

अभ्यास सूर्यकिरणमा नेपाली र भारतीय सेनाबीच बटालियनस्तरको संयुक्त प्रशिक्षण हुँदै आएको छ । नेपाली सेनाले अमेरिका र चिनियाँ जनमुक्ति सेनासँग समेत प्रतिआतंकवादलगायत विभिन्न विषय केन्द्रीत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ  । रक्षा मन्त्रालयले अमेरिकी र चिनियाँ सैनिकसँग संयुक्त सैन्य अभ्यास गर्नेबारे छलफल गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.