कांग्रेसको महाधिवेशन रोक्न आदेश माग्दै सर्वोच्चमा रिट
काठमाडौं : सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर कोरोनाको जोखिम न्यूनीकरण भएपछि मात्र महाधिवेशन गर्नुपर्ने आदेशको माग गर्दै उक्त रिट निवेदन दायर गरेका हुन्।
'विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्रण मुख्य काम हो', सांसद वैद्यले भने, 'कोरोना नियन्त्रणपछि महाधिवेशन गर्नुपर्छ, जनताको जीउज्यान सबैभन्दा ठूलो कुरा हो।'
पार्टीको महाधिवेशन तत्काल नगर्दा कांग्रेसको वैधानिकतामा कुनै असर नपर्ने रिट निवेदनमा उल्लेख छ। आइतबारका लागि उक्त विषयमा सुनुवाइ हुनेछ। नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ भने यही भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु हुँदै छ।
प्रतिक्रिया दिनुहोस !