दाङमा बौलाह कुकुरको बिगबिगी : जिल्लामा छैन रेविज विरुद्धको खोप

दाङमा बौलाह कुकुरको बिगबिगी : जिल्लामा छैन रेविज विरुद्धको खोप

दाङ : दाङमा बहुला कुकुरको बिगबिगी बढेको छ। बहुला कुकुरको टोकाइबाट एकै दिन जिल्लामा २६ जना घाइते भएका छन् भने केही पुशु चौपाया समेत घाइते भएका छन्। 

दाङको तुलसीपुर क्षेत्रमा बौलाह कुकुरको बिगबिगी भएको हो। कुकुरको टोकाइबाट शुक्रबार दिउँसोसम्म २६ जना घाइते भएका छन्। अधिकांश मानिस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का हुन्। कुकुरको बिगबिगी बढ्न थालेपछि नागरिक त्रशित बनेका छन्। विभिन्न गन्तव्यमा हिंडेका पैदलयात्रीलाई बौलाह कुकुरले टोक्न थालेपछि सर्वसाधारण नागरिक त्रशित हुन थालेका छन्। 
 

कुकुरले टोकेका व्यक्तिको जिल्लामा उपचार असम्भव भए पछि उपचारका लागि बाँके र काठमाडौं पठाइएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेण्ट डा. बिनोद सिंहले शुक्रबार दिउँसोसम्म २६ जनालाई बहुलाह कुकुरले टोकेको बिरामी अस्पतालमा आएको बताए। ‘अस्पतालमा बौलाह कुकुरको टोकाइबाट घाइते हुने बिरामीको संख्या आउने क्रम बढ्दै गएको छ ’, उनले भने, ‘तर हामीसँग उपचारको लागि खोप छैन। 

प्रादेशिक अस्पतालमा बुधबारदेखि बौलाह कुकुरले टोकेका बिरामी आउन थालेको अस्पतालले जनाएको छ। तुलसीपुरमा बौलाह कुकुरको बिगबिगी बढेपछि घरबाहिर निस्कन समस्या परेको स्थानीयको भनाइ छ। कुकुरले टोकेर धेरै जना घाइते भएका छन् भन्ने सुनेका छौँ ’, तुलसीपुरका किरण केसीले भने, ‘अब त दैनिक उपभोग्य वस्तु किनमेल गर्न पनि निस्कन गाह्रो हुन थाल्यो। ’

प्रादेशिक अस्पतालमा छैन खोप

बौलाह कुकुरले टोक्दा घाइते भएकालाई राप्ती प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला बाहिर उपचारका लागि पठाइएको छ। अस्पतालमा इमोग्लोबिन नामको भ्याक्सिन नहुँदा कतिपय बिरामीलाई बाहिर पठाएको मेसु सिंहले बताए। ‘जटिल प्रकृतिको घाइते भएकालाई इमोनोग्लोबिन भ्याक्सिन दिनुपर्ने हुन्छ’, उनले भने, ‘यो भ्याक्सिन हामीकहाँ छैन, सरकारले नै यो भ्याक्सिन उपलब्ध गराउने गरेको छैन।’

बौलाह कुकुरको बिगबिगी बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसेको छ। शुक्रबार दिउँसो बसेको बैठकले बौलाह कुकुरले टोकेका बिरामीलाई निशुल्क खोप उपलब्ध गराउने पहल गर्ने निर्णय गरेको छ। इमोग्लोबिनको अभावमा बिरामीलाई काठमाडौं जानुपर्ने बाध्यता भएको हुँदा तत्काल २० डोज खोप खरिद गर्ने नगरले निर्णय गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए। 

‘कुकुरको बिगबिगी बढेकाले नागरिकलाई सरल तरिकाले उपचार पाउनका लागि अहिले इमोग्लोबिन खोप २० डोज खरिद गर्ने निर्णय गरेका छौँ।’, उनले भने, ‘खोप सबै नागरिकलाई निशुल्क उपलब्ध गराउने छौँ।’ इमाग्लोबिन खोप बजारमा कम पाइने गरेकोले नगरले आफैं खोप खरिद गर्ने निर्णय गरेको हो। यो खोपको मुल्य प्रति डोज १० हजार पर्ने गरेको छ भने जटिल प्रकृतिका बिरामीलाई इमोग्लोबिन खोप दिने गरिन्छ। कुकुरको टोकाइबाट बच्नका लागि नागरिकलाई ठाउँ ठाउँमा सचेतना दिन थालिएको उनले बताए।

पशुलाई खोप दिइने

बौलाह कुकुरले मानिसलाई टोकेर घाइते बनाउन थालेपछि तुलसीपुरमा आइतबारदेखि टोकिसकेका पशु, घरपालुवा पशु, छाडा कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन दिइने भएको छ। नगरको पशु सेवा शाखा प्रमुख डा.मनोज वलीले टोकिसकेका कुकुरलाई पोष्टबाइट खोप दिन लागेको बताए। ‘रेबिजबाट नागरिकलाई सुरक्षित गराउनका लागि पशुलाई खोप दिन लागेका छौँ।’, उनले भने, ‘घरपालुवा र छाडा कुकुरलाई एन्टी रेबिज खोप दिन लागेका छौँ।’ बौलाहा कुकुर, छाडा पशुचौपाया, घरमा पालेका कुकुरहरुलाई छाडा नछोड्न उनले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.