अभियुक्त लोकबहादुरलाई पटकपटक 'पागल' भन्थे ठूलोबुवा

अभियुक्त लोकबहादुरलाई पटकपटक 'पागल' भन्थे ठूलोबुवा

संखुवासभा : संखुवासभाको मादी नगरपालिका-१ उम्लिङस्थित खोला गाउँ गत २१ गते सोमबार एकै घरका चार पुस्ताको हत्या स्वीकारेका लोकबहादुर कार्की हत्याको हप्ता दिनमा सार्वजनिक भए।

अभियुक्त कार्की बुवा र कान्छो भाइसँग बेलाबेला झगडा समेत गर्ने गरेको प्रहरी अनुसन्धानपछि खुलेको छ। कार्की बेलाबेला आक्रोशित हुने अनि नजिकमा रहेकाहरुलाई जे पायो त्यहिले आक्रमण गर्न खोज्ने गर्दथ्ये । 

राति सुत्न नमान्ने एक्लै हिड्ने उनको स्वभाव थियो । उमेरले २५ वर्ष पुगेका उनी अविवाहित हुन्। उनी पढाइ छाडेर रोजगारीका लागि पटक पटक विदेश गएका थिए । विसं २०७१, २०७३ र २०७६ सालमा रोजगारीका लागि मलेसिया गएको अनुसन्धानबाट खुल्न आएको छ।

तीनै पटक केहि महिना बसेर फर्किएका थिए। जाँदा लागेको ऋण समेत नतिरी घर फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ । २०७६ मा बिरामी भएर काम गर्न नसकेपछि कतारबाट घर फर्किएको आफन्तले बताएका छन् । 

नेपाल आएर उपचार गराई औषधि समेत सेवन गर्दै आएका थिए । घरमा काम गर्न नमान्ने कार्की विदेशमा पनि काम गर्न नसकेर घर फर्किएका थिए । कक्षा ८ मा पढ्दै गरेका उनी पढाइ छाडेर पैसा कमाउने चक्करमा विदेश गएपनि काम गर्न नसकेपछि खाली हात घर फर्किको परिवार श्रोतले बताएको छ। 

विदेश जाँदाको ऋण, आमाको उपचार र किरिया खर्च तिर्न नसक्दा जग्गा बेचेर ऋण तिर्नु परेपछि भित्री पीडा बोकेका अभियुक्त कार्कीलाई बडिबुबाले दिएको सल्लाह, सुझाव र अर्ति समेत तितो हुन गरेको थियो।

अभियुक्तका बुवा कान कम सुन्ने, बोली लटपटिने र तुलनात्मक रुपमा आर्थिक अवस्था कमजोर रहकाले हजुरबुवाले मर्नु अगाडि तेजबहादुरलाई रेखदेख गरिदिन भनेका थिए। अभिभावको रुपमा तेजबहादुरले भाइ रणबहादुर उसका छोराहरुलाई सम्झाउने, काम अराउने र काम नगर्दा किन काम नगरेको, तँ पागल, अल्छी काम पनि गर्दैनस् भनी हप्काउने समेत गरेका लोकबहादुरको मनमा नकारात्मक कुराहरु खेल्न थालेको प्रहरी बयानमा खुलाएका छन् ।

गत चैत २६ गते आमा बितेपछि उनी बुवा र भाइसहित तीनजनाको परिवारमा बस्दै आएका थिए । लोकबहादुरको घरमा खेताला बोलाउन आएका बडिबुवा पर्ने तेजबहादुरलाई फर्किने क्रममा चिर्पटले हानेर हत्या गरेको प्रहरीसँग बयान दिएका छन् । 

रातभरको अनिदो र विक्षिप्त अवस्थामा रहेका र आफूलाई बडिबुबाले पटकपटक पागल र काम गर्न नसक्ने भनेका कुरा सम्झी रिसको झोकमा नजिकै रहेको चिर्पट लिएर हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

घाइते तेजबहादुरले 'मलाई लोकेले मार्यो' बचाउ भन्दै कराएको आवाज सुनेपछि घरमा रहेका तेजबहादुरका श्रीमती र बुहरी पनि कराउँदै घटनास्थलतर्फ आएको अभियुक्तले बताएका छन्।

अभियुक्त कार्कीले बडिबुबाको हत्या गरेको बडिआमा कमला र भाउजु रञ्जनाले देखेपछि उनीहरुलाई पनि त्यहि चिर्पटले हानेर हत्या गरेको बताएका छन् । त्यसपछि घर नजिकै बाटोको डिलमा आएका दुईजना नाबालक दिपेन र गोमालाई पनि लखेटी लखेटी हत्या गरेको उनले बताएका छन्। ।

घरको पछाडि खोले पकाउँदै गरेकी पार्वता कार्कीको टाउको पटक–पटक भित्तामा ठोक्काइ हत्या गरी घर फर्केका थिए । सबैको हत्यापछि घर फर्किएका लोकबहादुरले घटनामा प्रयोग गरेको चिर्पट अगेनामा हाली नष्ट गरेको बताएका छन्

प्रहरीले अभियुक्तको घरबाट घटनाको समयमा लगाएको कपडा समेत बरामत गरेको छ । अभियुक्त कार्कीले ६ जनालाई आफूले नै हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । लोकबहादुरले उनका हजुरआमा ८४ वर्षीया पार्वता, ५८ वर्षीय ठूलोबुवा तेजबहादुर, ५२ वर्षीया ठूली आमा कमला, भाउजु ३२ वर्षीय रञ्जना, ११ वर्षीय भतिज दीपेन र ७ वर्षीय भतिजी गोमा कार्कीको सामूहिक हत्या गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.