देउवा बिन्दास, ओली आक्रामक, माधव-प्रचण्ड-उपेन्द्र बिलखबन्दमा

देउवा बिन्दास, ओली आक्रामक, माधव-प्रचण्ड-उपेन्द्र बिलखबन्दमा

काठमाडौँ: शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको दुई महिना भइसक्यो। देउवाले दुई महिनासम्म चार मन्त्री र एक राज्यमन्त्रीको भरमा शासन चलाइरहेका छन् ।

सत्तारोहण हुँदा आफ्नो पार्टी नेपाली कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्री बनाएका देउवाले सत्ता गठबन्धनको सहमति बेगर नै स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरे ।

त्यसपछि भने प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिनेतर्फ खासै रुची देखाएका छैनन् । सरकारलाई पूर्णता दिनु भन्दा उनी एससीसी  सम्झौता पारित गराउन अग्रसर देखिएका छन् ।

पछिल्लो समय एमसीसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणपछि पनि प्रधानमन्त्री देउवाले सरकार विस्तारमा खासै चासो देखाएका छैनन् । बरु उनी थप आलटाल गर्दैछन् ।

नेपाली कांग्रेस स्रोतका अनुसार देउवा यतिबेला पार्टीभित्र र सत्ता गठबन्धनमा समेत मन्त्रिपरिषद विस्तारलाई लिएर दबाव झेल्दैछन् । यसैले पनि प्रधानमन्त्री देउवा पछिल्लो समय सरकार भन्दा पार्टी महाधिवेशनमा बढी केन्द्रित छन् ।

त्यो त सरकारमै छँदा महाधिवेशन भएमा सजिलै नेतृत्वमा आउने आंकलन देउवाको छ । देउवा निकट कांग्रेसकै नेताहरु के भन्छन् भने आफू अनुकुल नहुने सत्तारुढ दलको सुझावलाई उनी बेवास्ता गरिरहेका छन् । यस रुपमा देउवा बिन्दासका साथ सरकार चलाइरहेका छन् ।

उनी आफ्नो विरोध, आलोचनाप्रति खासै ध्यान नै दिएका छैनन् । संसद चल्नु नचल्नुमा उनको कुनै चासो पनि देखिएको छैन । केही दिनअघि मात्रै संसद कहिले खुल्छ भनेर पत्रकारहरुले सोधेको प्रश्नमा 'केपी ओलीलाई सोध्नुपर्छ'भन्दै हल्का जवाफ दिएर देउवा पन्छिए ।

तर त्यसअघि नै उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीका मुद्दालाई ओझेलमा पार्दै एकतर्फी रुपमा चीनसँगको सीमा विवादको विषय उठाएर कार्यदल समेत बनाए । जुन चीनतिर पठाइसकेका छन् ।

प्रतिपक्षी दलका नेता केपी शर्मा ओली भने सरकारको काम कारवाही र सत्ता गठबन्धप्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् । ओलीले नै पछिल्लो समय संसद चल्न दिएका छैनन् ।

संसदमा प्रतिपक्षी भएको महसुश गराउन ओली खरो रुपमा उत्रिएका छन् । सभामुखको गतिविधि प्रति सबैभन्दा बढी आक्रामक रुपमा ओली र उनको पार्टीका सांसदहरु देखिएका छन् ।

यसवाहेक ओली पछिल्लो समय सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति कडा रुप प्रस्तुत भइरहेका छन् । सरकार तथा सत्ता गठबन्धनविरुद्ध ओली देश दौहाडामै छन् । गृह जिल्ला झापादेखि बुटवलसम्म पुगेर उनले पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गरिरहेका छन् ।

उता सत्ता गठबन्धनका नेता दाहाल, नेपाल र यादव भने बिलबन्दमै छन् । सरकारमा जान हतार-हतारमा निर्वाचन आयोग पुगेर नयाँ पार्टी नै गठन गरेका नेता नेपाल र यादवलाई त पार्टीभित्र सन्तुलन मिलाउनै मुस्किल छ। मन्त्री बनाउन उनीहरुले दलभित्रै किचलोको सामना गर्नुपरेको छ ।

अर्कातिर आफूले विरोध गरिरहेको एमसीसी संसदबाट जसरी पनि पास गराउनुपर्ने अवस्थामा प्रधानमन्त्री देउवा छन् । एमसीसीकै विषयमा तत्कालीन नेकपामा विवाद चुल्याएका दाहाल र नेपाललाई अहिले त्यही मुद्दा घाँडो बनेको छ । प्रधानमन्त्री देउवा त ओली भन्दा खरो रुपमा एमसीसीको पक्षमा उभिका छन् । उनी नै प्रधानमन्त्री भएको बेला एमसीसीको सम्झौता भएको थियो ।

अनौठो पक्ष तके भने दाहाल र नेपालकै बलमा प्रधानमन्त्री बनेका देउवा अहिले उनीहरुकै सुझाव मान्न तयार देखिएका छैनन् । दाहाल र नेपाल भने सार्वजनिक रुपमा देउवाको आलोचना गर्न पनि सकिरहेका छैनन् ।

यसरी वर्तमान सरकारको दुई महिने गतिविधि सन्तोजनक देखिएको छैन । देउवा आफ्नै सुर-तालमा सरकार सञ्चालन गरिरहेका छन् । एमसीसीकै सन्दर्भमा दाहाल र नेपालले संशोधनपछि मात्र पास गर्ने बताइरहँदा प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि पास गराउनुपर्ने कुरालाई प्राथमिकतामा राखेका छन् ।

यवाहेक देउवाले नेकपा एमाले फुटाउन जुन तरिकाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए । त्यही अध्यादेश उपेन्द्र यादवका लागि अभिषाप सावित हुने देखिएको छ । जसपा फुटेर लोसपा बनिक्दा अझै सोही अध्यादेशमा टेकेर जसपा फुटाउने धम्की आइरहेको छ ।

मन्त्री नबनाए पार्टी नै फुटाउने धम्की आइरहेको स्वयं यादवले खुलासा गरिसकेका छन् । उनले यो अध्यादेश निस्क्रिय बनाउन देउवालाई नै दबाव दिएका थिए ।

तर माधव नेपालको पार्टी नेकपा एसको विरुद्ध एमाले सर्वोच्च अदालतमा मुद्दा किनारा नलागेकाले यसको फैसला नभएसम्म अध्यादेश निस्क्रिय बनाउन नेपालले नमानेपछि यादव थप संकटमा छन् । उता दाहालले पनि मन्त्री बनाउन ४९ जना सांसदबाटै दबाव आएको कुरा भनिरहेका छन् ।

यैले पनि दाहाल माओवादी केन्द्रको विघटनकै चेतावनी पटक पटक दिँदैआएका छन् । बदलिँदो राजनीतिक समीकरणका बीच मन्त्री मोह र आन्तरिक विवादका कारण दाहाल, नेपाल र यादव थप संकटको सामना गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.