मादी सामूहिक हत्याकाण्ड : अघिल्लो राति ८ बजे हत्याको योजना बनाएका थिए

मादी सामूहिक हत्याकाण्ड : अघिल्लो राति ८ बजे हत्याको योजना बनाएका थिए

संखुवासभा : संखुवासभाको मादी नगरपालिका–१, उम्लिङस्थित खोला गाउँ तेजकुमार कार्कीसहित ६ जनाको हत्या योजना भदौ २० राति ८ बजे बनाएको खुल्न आएको छ। घटनाका मुख्या योजनाकार खड्बहादुरसहित ५ जनाले लोकबहादुर कार्कीको घरमा योजना हत्याको योजना बनाएका प्रहरी अनुसन्धानमा खुलेको हो। 

सो समूहले २१ गते बिहान तेजकुमार र उनकी श्रीमती कमलाको हत्या गर्ने र अनुकल भए घरमा भएको धनमाल समेत लुट्ने योजना बनाएको थियो। उनीहरुको हत्या गरेको अन्यले थाहा पाए उनीहरुको समेत हत्या गर्ने योजना उनीहरुको रहेको जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

हत्याको योजना बनाएका खड्गबहादुर कार्की भाद्र २१ गते बिहना पाँच बजे तेजकुमारको घरमा पुगेका थिए । सो दिन तेजकुमारको पिप्ले खेतमा खेतला लगाउने दिन थियो । अभियुक्तहरू खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र नरेश खेताला जाने कुरा पहिला नै निस्चित भएको थियो।

त्यही मौका पारेर खड्गबहादुरलाई लोकबहादुरको खेतला एकिन गर्न जान भने । लोकबहादुर अल्छि छ, घरमै गएर खेताला निश्चित गर्न जानु भनि तेजकुमारलाई लोकबहादुर घरतर्फ जान अभिप्रेरित गरि घरतर्फ फर्केको प्रहरी अनुसन्धानमा खुलेको छ । 

लोकबहादुरको घरमा खेताला निस्चित गर्न गएका तेजकुमारले सुतिरहेको लोकबहादुरलाई अल्छि अझैसम्म उठेको छैनस्, भन्दै कराए पछि लोकबहादुर उठेपछि खेतला एकिन गरी उनी फकिए थिए।

तेजकुमार लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर लोकबहादुरको घर पछाडि चिर्पट बोकी तयारी अवस्थामा रहेको प्रहरीसमक्ष बयान दिएका छन्। लोकबहादुर, उनका भाइ नरेश र उनका बुवा रणवहादुर समेत घरमै थिए ।

तेजकुमार घरबाट फर्केने क्रममा योजनाअनुसार लोकबहादुरले भाइ नरेशलाई इसारा गरि आफूले दाउराको चिर्पट र अलैची काट्ने छुरी बोकी पछि–पछि गइ घर पछाडिको गोगनेको रूख नजिक तेजबहादुरको टाउकोमा प्रहार गरि लडाएका थिए । सोही मौकामा खड्गबहादुर र हस्तबहादुरले पनि दाउराको चिर्पटले तेजकुमार माथि प्रहार गरेको प्रहरी बयानमा बताएका छन् । 

हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरि तेजबहादुरलाई डिलबाट लडाइ बाटोमा झारी हत्या गरि घोप्टो पारेका थिए । घटनाको बेला मृतकले ‘लोकेले मार‍्यो, मलाई नमार’ भन्दै हारगुहार गरेका थिए । 

तेजबादर कराएको सुनेपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना घटानास्थल आइपुगेको बताइएको छ । प्रहरीका अनुसार तेजकुमारको घरदेखि १ सय ८ मिटर जति दक्षिणतर्फ अर्थात् लोकबहादुरको २५ मिटर टाढा सडकमा तेजकुमारको हत्या गरिएको थियो ।

घटना देखेपछि लोकबहादुले कमलालाई चिर्पट प्रहार गरेको र उनको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरी हत्या गरेको बताएका छन् । बुहारी रञ्जनालाई नरेशले ठेलेर खोल्सामा झारेको पाइएको छ । खोल्सामा झरेकी रञ्जनालाई खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिलि हत्या गरेको बताएका छन् । 

मृतक रञ्जनाको शव रणबहादुर र नरेश समेतले कमलाको शव भएको स्थानसम्म पुर्‍याउन सहयोग गरेको खुलेको छ । तेजबहादुरको हत्या भएको स्थानबाट कमला र रञ्जनाको शव २० मिटर जति टाढा खोल्सामा भेटिएको थियो।

घटनाको बेला मृतक नाबालकहरू दिपेन र गोमासमेत घर नजिकको बाटोमा आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले उनीहरु तर्फ गए । बाटो छेकी मुख थुनि लोकबहादुरले चिर्पटले हिर्काएर घाँटी बटारी हत्या गरेको बयान दिएका छन् । घरदेखि ३७ मिटरजति माथि खरबारीमा गोमा र त्यहाँबाट ३ मिटर अर्थात् घरबाट ४० मिटरमाथि दीपेनको शव भेटिएको प्रहरीले जनाएको छ । 

पाँचजनाको हत्या गरेपछि पाँचैजना अभियुक्त मृतकको घरतर्फ गएको बताएका छन् । घरमा ८४ वर्षीया पार्वती कार्की मकै नङ्ग्याइ रहेकी थिइन् । सोही अवस्थामा हस्तबहादुरले समातेर घर पछाडिको गोठ नजिक लगेको खुलेको छ । त्यपछि लोकबहादुरले वृद्धाको टाउको भित्तामा ठोक्काइ घाँटी बटारी हत्या गरेको बताइएको छ । 

छजनाको हत्यापछि सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकबहादुरको घरतर्फ लागे । उनीहरुले रगत पखाली छुरी धोएर बुइकलमा लुकाएको र चिर्पट अगेनामा डडाएको बयान दिएका छन् । उनीहरुले रगत लागेको कपडाहरू समेत लुकाएको पाइएको छ । त्यसपछि खड्गबहादुर र निजको छोरा हस्त बहादुर घरतर्फ गएका थिए । घटनापछि फर्कने क्रममा नरेशले लिएर आएको रञ्जनाको मोबाइल स्विच अफ गरि घर मुनिको ओडारमा लुकाएका थिए । सो मोबाइल प्रहरीले अनुसन्धानकै क्रममा फेला पारेको हो । 

घर गएका खड्गबहादुर र उनका छोरा हस्तबहादुर पुनः लोकबहादुरको घरमा आएर सबैजनाले घटनाबारे थप योजना बनाएको पाइएको छ । घटनाबारे कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भन्ने भनेर योजना बनाएका थिए । यदि प्रहरी आइ पत्ता लगाएमा लोकबहादुरले घटनाको जिम्मा लिने निर्णय गरेको खुलेको छ ।

लोकबहादुरले मानसिक औषधि खाने भएका कारण उनले नै घटनाको जिम्मा लिने उनीहरुबीच सहमति भएको थियो । हत्यापछि घटनास्थलमा अनुसन्धानका लागि खटिएको ४९ जनाको प्रहरी टोली अभियुक्त खड्गबहादुर कार्कीको घरमा र गाई गोठ सफा गरेर बसेको थियो । 

प्रहरीका अनुसार खड्गबहादुरको बाट घटनास्थल ५५ मिटरजति मात्रै टाढा छ । घटनास्थलबाट लगभग ७० मिटरजतिमाथि गंगा कार्कीको घर छ । डीआइजी बीसीका अनुसार त्यति नजिक घटना हुँदा पनि दुवै परिवारले नसुनेको र थाहा नपाएको बताएका छन् ।

यस कारण गरे सामूहिक हत्या

तेजकुमार गाउँकै अविभावकमा रुपमा चिनिएका थिए । तेजकुमारका बुवाका बौद्धमान आफ्नै जेठो दाजुका छोराहरु खड्गबहादुर र रणबहादुरको परिवारलाई बेला बेला सम्झाउने, सल्लाह सुझाव दिने गर्थे। 

अभियुक्तमध्ये खड्गबहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यलाई कुटपिट गर्ने, गालिगलौज गर्ने गर्दथे । त्यसैले दाजु भएको नाताले उनले सल्लाह, सुझावसहित गाली गर्नु स्वभाविकै थियो । दाजु तेज कुमारले सधैं मातेर झगडा गरेको देखेर ‘तँ जड्याहा किन यसो गर्छस्’ भन्दै गाली गर्ने गरेको बताइएको छ । खड्गबहादुर भने, ‘तलाई के मतलव, तलाई मार्छु भन्दै झगडा गर्ने गरेका थिए । त्यही कारण उनी तेजकुमारको हत्याको योजना बनाउन सुरु गरेका अनुसन्धानमा खुलेको छ । 

मनमा कुण्ठा बोकेर बसेका खड्गबहादुरले दाजु रणबहादुर र भतिज लोकबहादरसँग तेजेलाई केहि गर्नुपर्छ, हामीलाई धेरै हेप्यो यसले भनेर सुनाएका थिए । लोकबहादुरलाई तँ पागल, अल्छि, केहि काम गर्न सक्दैनस् भन्ने गरेको पाइएको छ । 

त्यसैगरी नरेशलाई तँ डुडे काम नलाग्ने भइस् भन्ने गरेको उनीहरुको आरोप छ । रणबहादुरलाई समेत तँ लठेब्रो केही गर्न सक्दैनस् भन्ने गरेकाले उनलाई  हेपिएको महशुस भएको थियो ।

जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फूर्ति दिने गरेको भनि मनमा इख पालेर बसेका थिए । त्यही भएर खड्बहादुरले बनाएको योजनामा उनीहरुले सहमति जनाएका पाइएको छ । खड्ग र रणबहादुर सहोदर दाजुभाइ हुन् । 

घटनामा संलग्न पाँचैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरेहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको संघीय इकाइ प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल बताए । 

घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइसमेत बरामद गरि थप अनुसन्धान भइरहेको उनको भनाइ छ । ४७ वर्षीय खड्गबहादुर कार्की घटनाका मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की पक्राउ परेको प्रहरीले बताएको छ । उक्त घटानमा संलग्न भएको आरोपमा गत भदौ २७ गते प्रहरीले पक्राउ गरी लोकबहादुर कार्कीलाई सार्वजनिक गरिसकेको छ ।

भदौ २१ गते ८४ वर्षीया पार्वता कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति विपिन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.