गोरखाको छ पालिकामा कांग्रेसका सभापति सर्वसम्मत, पाँच वटामा मतदान हुँदै

गोरखाको छ पालिकामा कांग्रेसका सभापति सर्वसम्मत, पाँच वटामा मतदान हुँदै

गोरखा : गोरखाका ११ मध्ये छ पालिकामा नेपाली कांग्रेसको सभापति सर्वसम्मत चयन भएका छन्। पालिकास्तरमा जारी १४ औँ अधिवेशनमा चुमनुब्री गाउँपालिकाको सभापतिमा सूर्य गुरुङ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ, शहीदलखन गाउँपालिकामा काशीनाथ अम्गाई, अजीरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ र गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना सर्वसम्मत चयन भएका हुन्। 

गोरखा नगरपालिकामा चन्दनबाबु खत्री र डिलबहादुर थापा मगर बीच प्रतिस्प्रर्धा भइरहेको छ। अहिले मतदानको तयारी भइरहेको मतदान अधिकृतले जनाकारी दिए। पालुङटार नगरपालिकामा अमर धिताल र बिमल ढकालले सभापति पदमा उमेद्वारी दर्ता गराएका छन्। त्यहाँ पनि निर्वाचन हुने पक्कापक्की छ। 

भीमसेन थापा गाउँपालिकामा नारायण भट्टराई र दिनेश (लक्ष्मण) नरालले उमेद्वारी दर्ता गराएका छन्। सर्वसम्मत गराउने लामो समय गृहकार्य असफल भएपछि मतदानको प्रक्रिया सुरु भएको छ।

बारपाक सुलिकोट गाउँपालिकामा जीतबहादुर घले र केशरी ढकालले पालिका सभापति पदमा उम्मेद्वारी दर्ता गरेका छन्। त्यहाँ पनि निर्वाचन हुने संकेत छ। 
सिरानचोक गाउँपालिकामा भने चारजनाले उम्मेद्वारी दर्ता गराएका छन्। ज्ञानेन्द्र गुरुङ, बीरबहादुर थापा, भक्तबहादुर गुरुङ र जयकृष्ण ढकालले उमेद्वारी दर्ता गराएका मतदान अधिकृतले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.