‘कुकुरले टोकेमा सक्दो चाँडो अस्पताल जाऔैं’

‘कुकुरले टोकेमा सक्दो चाँडो अस्पताल जाऔैं’

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक १५० जना कुकुरको टोकाइबाट घाइते भएर उपचारका लागि पुग्छन् । कहिले काँही यो संख्या २ सयसम्म पुग्छ । घाइतेहरु बढीजसो काठमाडौं, ललितपुर र भक्तपुरका छन्। उनीहरु रेबिजविरुद्धको भ्याक्सिन लिन शुक्रराज ट्रपिकल पुग्छन् ।

साउनदेखि भदौ २३ गतेसम्म ट्रफिकलमा ३ हजार २०४ जना कुकुरको टोकाइबाट घाइते भएर उपचार लिएको तथ्यांक छ । गत आर्थिक वर्षमा शुक्रराज ट्रपिकलमा २० हजार २४९ जना कुकुरको टोकाइबाट घाइते भएर आएका सूचना अधिकारी नवराज गौतमले बताए।नेपालमा बौहाला कुकुरबाट मानिस आक्रान्त छन् । कुकुरले टोक्दा तुरुन्तै रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ । तर, यसबारे जानकारी अभावमा मानिसले अकालमै ज्यान गुमाइरहेका छन् । रेबिजको संक्रमण, उपचार र यसबाट बच्न के गर्नुपर्छ ? भन्ने विषयमा दुई दशकदेखि रेबिजविरुद्धको उपचारका सक्रिय रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनसँग गरिएको वार्तालाप:

कुकुरको टोकाइ किन घातक मानिन्छ ?

मानिसलाई विभिन्न रोग लाग्छन् । तर, कुकुरले टोकिसकेपछि सबैको चिन्ता भनेको रेबिजको हुन्छ । रेबिज लागेको कुकुरबाट मान्छेको मृत्यु भइरहेको छ । अस्पतालमा धेरैभन्दा धेरै कुकुरको टोकाइबाट घाइते भएर आउँछन् ।

टोक्ने वित्तिकै रेबिज लाग्छ ?

रेबिज भाइरसलाई सुरुमा रोक्न सकिन्छ । जब लक्षण देखिन्छ तब मान्छेको मृत्यु अनिवार्य जस्तै हुन्छ । यो निकै चिन्ताको विषय हो ।

कुन समयमा कुकुरले बढी आक्रमण गर्छ  ?

लकडाउनपछि मानिसहरु घर बाहिर निस्किए । त्यसपछि कुकुरको टोकाइ बढेको देखिन्छ । सहवासको समयमा कुकुरहरु पनि आक्रमक बन्छ । भोकाएको बेला पनि कुकुरहरु रिसाएर टोक्छन् । कुकुरले टोकेको लुकाउने प्रवृत्ति छ । अनि त्यसपछि रेबिज लागेरे मृत्यु भएको पनि छ ।

टोकेको कति समयसम्म भ्याक्सिन लगाइसक्नुपर्छ ?

जतिसक्दो चाँडो । तर, कोही मान्छे अलि पछि अस्पताल आउँदा ढिलो हुँदैन । 

रेबिज लाग्दा कस्तो लक्षण देखिन्छन् ?
पहिलो चरणमा हल्का ज्वरो आउने । टोकेको ठाउँमा झमझमाउने हुन्छ । ढाडको तल्लो भाग दुःख छ ।

दोस्रो चरणमा कस्तो हुन्छ ?
हावादेखि डराउने, पानीदेखि डराउने, छटपटी लाग्छ । रेबिज लाग्नेहरु आक्रमक हुन्थे । तोड्फोड् गर्थे ।भागाभाग नै हुन्थ्यो । तर,पहिल्ला समय शान्ति भएको पनि मैले देखेको छु ।

रेबिजबाट कसरी बच्ने ?

कुकुरलाई जिस्काउनु हुँदैन । स्थानीय, प्रदेश र संघीय सरकारले कुकुर नियन्त्रण गर्ने योजना बनाएर काम गर्नुपर्छ । जति कुकुर नियन्त्रण हुन्छ त्यति नै टोकाइ घट्छ । 

तपाईंको केही सुझाब छ ?

घाउ सानो छ । घरकै कुकुरले टोके छ भनेर आफै जज नबनौं । तुरुन्तै अस्पताल गएर रेबिजविरुद्धको भ्याक्सिन लगाऔं । कुकुरले टोकेपछि रेबिज लागेहरुसँग मैले नजिकै गएर कुरा गरेको छु । मलाई थहा छ त्यो मान्छे २—३ दिनमा मर्दै छ । उनीहरुसँग मैले कुरा गरेको छु । म त्यो अवस्था देखेर धेरै पटक रोएको छु । कुकुरले टोकेपछि एउटा समान्य भ्याक्सिन लगाएर ऊ बाँचथ्यो ।तर, हेलचेक्र्याइँले ज्यानै गइरहेको छ । रेबिज लागेपछि बाँच्न असम्भव छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.