मनास्लु आरोहणका क्रममा क्यानेडियन पर्यटकको मृत्यु
गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ मा पर्ने मनास्लु हिमाल आरोहणका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ। मनास्लु हिमालको चौथो शिविरभन्दा एक सय मिटर माथि पुगेका क्यानडाका आरोही ब्रेन्ट सेल बेहोस भएको र पछि उनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
स्नो होराइजन नामको कम्पनीबाट हिमाल आरोहणका लागि उनी मनास्लु पुगेका थिए। मृतकको शव बोकेर मनास्लु बेस क्यापसम्म ल्याइएको र हेलिकप्टरबाट आर्खेत ल्याइ पोष्टमार्टमका लागि काठमाडौं पठाइएको डिएसपी प्रकाश दाहालले बताए। उक्त घटनाको बारेमा ट्याग नेपाल ट्रेकिङ कम्पनीले जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !