बाल कल्याण गृहलाई आर्थिक सहयोग

बाल कल्याण गृहलाई आर्थिक सहयोग

संखुवासभा : जिल्लाको खाँदबारी-७ मा रहेको बाल कल्याण गृहलाई आर्थिक सहयोग प्राप्त भएको छ। ‘मोटे मोटी मोटे’ फिल्म ‘च्यारिटी सो’बाट संकलन भएको रकममध्ये ३५ हजार रुपैयाँ शनिबार बाल गृह सञ्चालनका लागि निर्माता तथा निर्देशक याम लिम्बुले हस्तान्तरण गरेका हुन्।

१० जना बालबालिका रहेको बाल गृह सञ्चालनका लागि सो रकम हस्तान्तरण गरेको निर्देशक लिम्बुले बताए। मलेसिया र सिंगापुरमा च्यारिटी सो गरेर संकलन भएको रकममध्ये अनाथ बालबालिकाहरुलाई सहयोग गरेको उनले जानकारी गराए। निर्देशक लिम्बुले भने,‘खाँदबारीमा भएको च्यारिटी सो कै समयमा समयमा बाल गृहलाई सहयोग गर्ने घोषणा गरेका थियौँ।’ रकम संकलन नभएपछि विदेशमा संकलन गरिएको रकम बाल गृहलाई उपलब्ध गराएको उनले बताए। लिम्बुले ३५ हजार रुपैयाँ बाहेक प्रत्येक बालबालिकालाई पाँच सय रुपैयाँसमेत दशैं खर्च दिएका छन्। 

मकालु त्रिशक्ति समुह(माट्स नेपाल) द्धारा सञ्चालित बाल गृह सञ्चालनमा आर्थिक अभाव हुँदा बालबालिकाको अध्ययन र व्यवस्थापनमा समस्या हुने गरेको बाल गृहका संयोजक सरोज श्रेष्ठले जानकारी दिए। भाडाको घरमा सञ्चालित बाल गृहमा बेलाबेला जिल्ला प्रहरी कार्यालयबाट हराएका बालबालिका फेला पर्दा बाल गृहमै पठाउँदा राख्नसमेत समस्या हुने गरेको श्रेष्ठले बताए। आर्थिक अभाव भएका कारण थप अनाथ बालबालिकाहरुलाई बाल गृहमा राख्न गाह्रो भएको उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.