शक्तिपीठमा दुर्गा माताको खोईछ भरिँदै

शक्तिपीठमा दुर्गा माताको खोईछ भरिँदै

महोत्तरी : वडा दसैंको सातौं दिन, आज सप्तमी तिथी। मिथिलाञ्चलमा देवी दुर्गा माताको खोईछ भर्ने कार्य सुरु भएको छ। भवानी दुर्गाको प्रतीमास्थलमा सन्तान प्राप्त भएकी वा भाकल पुरा भएको महिलाहरु घरपरिवारको सुखद कामना गर्दै श्रृगांर र पूजाप्रसादसहित खोईछ भर्दै छन्। सप्तमी तिथीका दिन फुलपातीको विधी सम्पन्न भएपछि मिथिलाञ्चलका शक्तिपीठहरुमा एकैसाथ खोईछ भर्ने कार्यको शुभारम्भ भएको छ।

'म विगत दूई वर्षदेखि माताको खोईछ भर्ने कार्य गर्दै आएको छु तर यहाँ आएका महिलाहरु भने वर्षौदेखि खोईछ भर्दै आएका छन्,' गौशाला नगरपालिकाकी अनिता चौधरीले बताईन्। खोईछ भर्नुभन्दा एकदिन अगाडी नुहाएर खाईन्छ भने सप्तमी तिथिको दिन माताको खोईछ नभरुञ्जेलसम्म उपवास बस्नुपर्ने नियम रहेको छ, उनले भनिन्। माताको खोईछ भरिसकेपछि कति ब्रतालु महिलाले खाना खान्छन् भने कतिले फलफूल खाएर फलाहार गरेर बस्ने गरेको अर्के ब्रतालु महिला सिता महतोले बताईन्।

मिथिलाञ्चलमा नवविवाहिता महिलालाई माईतीबाट बिदाई गर्ने क्रममा आफ्नो कूलदेवता लगायत सम्पूर्ण परिवारको आशिर्वाद स्वरुप खोईछ दिईने परम्परा रहेको छ। सोही अनुसार नै माता दूर्गा भवानीलाई पनि आज भाकल पूरा भएका विवाहित महिलाहरुले खोईछ भरी माताको कृपा माया दृष्टि आफ्नो सम्पूर्ण परविारमाथि रहिरहोस भन्ने कामना स्वरुप खोईछ भर्ने परम्परा रहेको मैथिली भाषाका उपप्राध्यापक एवम साहित्यकार मनोज झा मुक्तिले जानकारी दिए। प्रत्येक वर्ष वडा दसैंंको सप्तमी तिथीका दिन मिथिलाञ्चलका हरेक शक्तिपीठ तथा माता दुर्गाको प्रतिमा स्थापित रहेको दुर्गाको प्रतिमामा आँखाको नानी थपिएपछि खोईछ भर्ने विधी शुरु भएको झाले बताए। 

यस पटकको खोईछ भर्ने कार्य वडा दसैंको सप्तमी तिथी र नवमी तिथीसम्म जारी रहने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.