दसैंमा बज्‍न छोडे सहनाइ धुन

दसैंमा बज्‍न छोडे सहनाइ धुन

महोत्तरी : मिथिलाञ्चलमा हरेक पर्वमा ढोल पिपहीको धुन (सहनाइ) बज्ने गथ्र्यो । जुन धुन बज्नासाथ वातावरण नै आनन्दमय हुने गर्दथ्यो । यस धुनमा आफ्नोपन हुनुको साथै मिठासपन, नवरस मिश्रित पाइन्छ। समय परिवर्तनसँगै सहनाइको धुन मिथिलामा बज्न छोडेको छ।

सोनमा गाउँपालिकाका २५ वर्षीय संचारकर्मी मञ्जीतकुमार महराले बाल्यकालमा ढोल बजाएको क्षण ताजै रहेको बताउँछन्। १० वर्षको कलिलो उमेरमा विद्यालयमा बिदा भएको मौका छोपी एक समारोहमा उनले बुवासँग सो ढोल बजाइका थिए।

औरही नगरपालिकाका रामविनोद महराले भने, ‘एक दशक अगाडिसम्म प्रत्यक्षरुपमा ढोल र पिपही धुन समाजमा सुन्निने गर्थ्यो। पछिल्लो समय संस्कृति हावी भएपछि डिजेजस्तो आधुनिक बाजाको सामुन्ने ढोलपिपही विस्थापित हुन पुगेका छन् । फलस्वरुप आफू बाध्य भएर डकर्मी पेशा अँगालेको हुँ।’

पछिल्लो पुस्ता आधुनिकतातर्फ उन्मुख भएकाले ती बाजा इतिहासमा सिमित हुँदै गएको गौशाला नगरपालिका–२ स्थित मावि निगौलका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शत्रुघनप्रसाद महराले बताए ।

उनले भने, ‘अत्याधिक ध्वनि प्रदूषणले भरिपूर्ण डिजे बाजा घातक बाजाको रुपमा स्थापित भएछ । विवाहजस्तो शुभकार्यमा पनि पश्चिमीशैलीका बाजाका कारण झैँझगडा निम्त्याउनुको साथै कतिपयको ज्यानसमेत जाने गरेको इतिहास कायमै छ।’

आधुनिकतालाई समाजले सजिलै अंगालेकै कारण यस्ता बाजा हराउँदै गएको गौशाला नगरपालिका–१० का प्रगास मोची महराले बताए । प्रगास भन्छन्, ‘हामीले परम्परागतलाई  भुलेका छौं । हामी पश्चिमी संस्कृतिको नक्कल गर्ने क्रममा हजारौं खर्चिन तयार हुन्छौं। आफ्नो पौराणिक संस्कृतिलाई विर्सिएका छौं। जसको कारण हाम्रा समाजमा आयोजना हुने उत्सवहरु महंगिदै गएको छ। हामी सोची नसम्झिकन देखासिखीका भरमा पर्वउत्सव मनाउन तयार हुन्छौं । जसले गर्दा साहु महाजन खोज्न व्यस्त हुन्छौँ। चर्को ब्याजदरको ऋणको भारी बोकी एक छिनका लागि रमाएर वर्षौ आर्थिक मारमा पर्दै आएका हुन्छौँ । यसले हामीलाई कदापि भलो गर्दैन।’

गौशाला बजारमा व्यवसाय सञ्चालन गर्दै आएका नागेन्द्रकुमार साह मिथिलामा विवाह, व्रतबन्ध, मुण्डनलगायत दसैं, छठ आदि पर्वमा यस्ता वाद्ययन्त्रको प्रयोग केही वर्ष अगाडिसम्म कायमै रहेपनि क्रमिकरुपमा बजाउने कलाकारको अभावमा प्रयोगमा कमी आएको बताउँछन् । ‘बाजा बजाउने चमार समुदाय पनि पर्व उत्सवको समयमा मनोरञ्जनको लागि आफ्ना लोकशैली बिर्सिदै गएका छन् । उनीहरु पनि क्रमिकरुपमा आधुनिकतातर्फ लम्किँदै छन, उनले भने ।
प्रदेश सरकारले ऐच्छिकरुपमा भएपनि यस्ता विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरी विद्यालयमा पठनपाठनको व्यवस्था गरेमा मैथिली संस्कृतिको संरक्षण गर्न सहयोग पुग्ने धारणा पूर्वशिक्षक जयनारायण झाले राखे ।

मिथिला क्षेत्रमा बजाइने यस्ता बाजालाई जातीयतासँग जोडिएकाले युवामा रसनचौकी, पिपही, दुग्गी, तासा, ढोललगायत लोकबाजाप्रति क्रमिकरुपमा विकर्षण बढ्दै गएको स्थानिय लोकगायक अजय अनुरागी बताउँछन् । अनुरागीले भने, ‘मिथिलामा वाद्ययन्त्र बजाउनु सम्मानित विधाको रुपमा लिइन्थ्यो । कालान्तरमा आएर यस पेशालाई जातीयतासँग मात्रै जोडिएछ । जसले गर्दा लोक वाद्ययन्त्रको दुर्दशा सुरु भएको हो । मिथिला क्षेत्रमा रसन चौकी, पिपही, दुग्गी, तासा, ढोललगायतका वाद्ययन्त्र चमार जातिले बजाउने गर्छन् । वाद्ययन्त्र बजाउने पेशालाई तल्लोस्तरमा राखेर हेर्न थालिएपछि बजाउनेमा पनि हीनताको भावना पैदा भएको छ। यसैले चमार जातिका युवासमेत अन्य पेशामा रमाउन थालेका छन् ।’

पछिल्लो क्रममा लोकनाट्यमा पनि हारमोनियम, ढोलक, पिपही, नाल, नगराजस्ता लोकबाजाको प्रयोग हुँदै आएको छ । मैथिली लोकसङ्गीतको अभिन्न अङ्ग बन्न सफल ढोल र पिपहीलाई समकालीन सङ्गीतज्ञ र गायकले आधुनिकता दिएर प्रयोग गर्नुपर्छ। जटजटिन, झिझिया, धोबिया, कजरी, चैताबर, बारहमासा, भगैतजस्ता पर्वमा पारम्परिक मैथिली गीतसंगीतलाई जोड्नुपर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.