ट्रकको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते

इटहरी :सुनसरीको इटहरीमा मंगलबार राती भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । अन्य  ६ जना घाइते भएका छन् । एउटा ट्रकले कार र सिटी सफारीलाई ठक्कर दिँदा सफारीमा सवार इटहरी ५ का २३ वर्षिय इश्वर राउतको ज्यान गएको हो । टाउकोमा चोट लागेका उनको उपचारको क्रममा विराट नर्सिङ होममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख २९२४ नम्बरको ट्रकले इटहरी ५ स्थित महेन्द्र राजमार्गमा प्र १–०२–२२३ ह १४३६ नं. को सिटी सफारीलाई ठक्कर दिएको थियो । भाग्ने क्रममा तीव्र गतीमा रहेका कारण इटहरी १६ बालग्राममा प्र ३–०१–०२४ च ९७२२ नं. को कारलाईसमेत ट्रकले ठक्कर दिएको थियो । 

कारमा सवार रामधुनी ३ का ३० वर्षिय दीलिपकुमार चौधरी गम्भीर घाइते भएका छन् । घाइते भएका कार चालक स्थानीय ३० वर्षिय सन्दीप राउत, ३५ वर्षिय नगेन्द्र गुरुङ, रामधुनी ५ का २४ वर्षिय सौगात अधिकारी, ३५ वर्षिय सुमन मगर, सिटी सफारी चालक झापा दमक ७ बस्ने वर्ष ३४ को हेमन्त बिकको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.