बर्दिवासमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते

बर्दिवासमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते

महोत्तरी : महोत्तरीको बर्दिवासमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिवास नगरपालिका ४ पन्चधुरा मन्दिर जाने गेटको अगाडि भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ।

ज १२ प २९६१ नं.को मोटरसाइकल र प्र २-०१-००२ प-०५९७ नं.मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परि बर्दिवास नगरपालिका ३ गौरीडाँडाका २६ वर्षीय सुरज तामाङ र सर्लाही ईश्वरपुर नगरपालिका १ का २८ वषीय विजयकुमार महतोको मृत्यु भएको हो । दुर्घटना मंगलबार राति भएको हो।

त्यस्तै, दुर्घटनामा  ज १२ प २९६१ नं.को मोटरसाइकलमा सवार बर्दिवास ३ गौरीडाडा का सोनुसिंह गम्भीर घाइते भएका छन्।  उनलाई थप उपचारका लागि न्युरो अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

यता दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक शव अझ अस्पतालमै रहेको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.