मधेशी समुदायमा दसैं रौनक

मधेशी समुदायमा दसैं रौनक

महोत्तरी : पहिले-पहिले दसैंको टिकालाई मधेशी समुदायले खासै वास्ता गर्दैन्थ्यो । पहाडी समुदायमा रौनकता देखिएपछि मधेशी समुदायमा खासै यसको आकर्षण हुदैन्थ्यो ।  मधेशी समुदायले विजयादशमीको दिन माता देवी भवानीको माटोको मूर्ति सेलाउने कार्यमा व्यस्त हुन्थ्यो । एकातिर पहाडी समुदायमा दसैंको हर्षोल्लासमय वातावरण रहन्थ्यो भने मधेशी समुदायले मूर्ति सेलाउनमै सिमित हुन्थ्यो । 

तर, पछिल्लो समयमा समुदाय नै परिवर्तनतर्फ लम्किएको छ । कोरोनाको कहरबाट पिल्सिएका समुदायमा विजयादशमीको रौनकता बिहानैदेखि छाएको छ ।  मधेशी र पहाडी समुदायले यसपर्वलाई साझा पर्वको संज्ञा दिएका छन् । मधेशी समुदाय पनि शुक्रबार परम्परागत रुपमा टीका, जमरा लगाइरहेका छन्। यहाँका मधेशी समुदायमा विजयादशमीको रौनकता छाएको छ । 

मधेशी समुदायले मात्रै मनाउँदै आएको छठपर्व पहाडी समुदायमा समेत मनाउन थाल्नु र पहाडी समुदायले मनाउने दसैं पर्व मधेशीले मनाउनु नै एकताको सन्देश दिएको सहकारी अभियानकर्मी रामचन्द्र सिंह कुशवाहाले बताए । उनले भने, ‘मधेशको संस्कृति पहाडमा र पहाडको संस्कृति तराईमा विस्तार हुनु नै राष्ट्रिय एकता र भाइचारामा वृद्धि हुनु हो । यस पहिचानलाई फराकिलो गर्दै टिका ग्रहण तथा मान्यजनबाट आर्शिवाद लिने परम्परा क्रमिक रुपमा मधेशमा बढ्दै गएको छ ।’ 

तराई मधेशमा नौरथा (नवरात्री) को पनि अलग्गै विशेषता रहेको छ भने मनाउने तरिका पनि आ-फ्नै छन्। अष्टमी र नवमीको आ-आफ्नै विशेषता छ । पहाडमा मनाउने दसैं उत्सव र चाडपर्वको हिसाबले पहाडी समुदायले मनाउने गर्दछ । त्यस्तै, मधेशमा निराहार ब्रत बसेर अष्टमी पर्व मनाउने गरिन्छ ।

यता महानवमीका दिन फलाहार गरेर कपाल नकाट्ने, अनुहार नहेर्ने, नङ नकाट्ने निराहार बसेर दुर्गा माताको पूजा गर्ने गर्दछन् भने मधेसमा मन्दिरमा ढोग गर्ने जईलाई धारण गर्ने गरिन्थ्यो । अहिले दुवै समुदायले एक अर्काको घरमा पुगेर दसैं टिका थाप्ने गरेका छन् ।

यसरी शान्ति र सद्भावको सन्देश बोकेर आउने दसैं पर्वले सम्पूर्ण हिन्दु नेपालीहरुमा साच्चिकै शान्तिको अनुभुति दिलाउने गर्दछ । कोरोना महामारीको दुईवर्ष पछि यसवर्ष आफन्तबाट टाढाटाढा बसेका परिवारका सदस्यहरु आ-आफ्नो जन्मस्थल आएका छन् । उनीहरु अहिले आफन्तसँग भेट् गर्ने तथा मान्यजनबाट टीका र जमरा प्रसादको रुपमा आशिरवादस्वरुप ग्रहण गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.