एमाले गोरखा र पालुङटार नगरपालिकाको अध्यक्षमा बस्नेत र श्रेष्ठ

एमाले गोरखा र पालुङटार नगरपालिकाको अध्यक्षमा बस्नेत र श्रेष्ठ

गोरखा : मंसिर दोस्रो साता दसौं राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले मंगलबार गोरखामा पालिकास्तरको अधिवेशन गरेको छ। मंगलबार अबेर सम्पन्न गोरखा नगरपालिकाको अधिवेशनले देवीबहादुर बस्नेतको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ। 

जसको उपाध्यक्षमा राजेन्द्र तिवारी (वडा नं.३), सचिवमा शम्भू थापा(वडा नं.३), र उपसचिवमा मानबहादुर राना(वडा नं.५) र कृष्णबहादुर बिक(वडा नं.११) सर्वसम्मत चयन भएका पार्टी नेता सम्झना देवकोटाले जानकारी दिइन्।

त्यस्तै पालुङ्टार नगरपालिकाको नेकपा एमालेको अधिवेशनले वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा ६४ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा दिनेश अधिकारी( वडा नं. ९), सचिवमा प्रकाश न्यौपाने(वडा नं.४) र उपसचिवद्वयमा नारायण बराकोटी(वडा नं.६) र राममाया राना(वडा नं.१०) लाई सर्वसम्मत चयन गरेको नेता हरि काफ्लेले जानकारी दिए। 

त्यस्तै धार्चे गाउँपालिकाको नेकपा एमालेको अधिवेशनले सुकबहादुर घले(यार्सा)को अध्यक्षतामा ७० सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जसको उपाध्यक्षमा धनकुमार घले(काशिगाउँ) र सचिवमा राम गुरुङ(लाप्राक)लाई चयन गरेको छ। समितिको उपसचिवमा रमेश गुरुङ र वीरबहादुर गुरुङलाई सर्वसम्मत चयन गरेको एमालेका जिल्ला कमिटी सचिव कृष्ण नेपालीले जानकारी दिए।

अजीरकोट गाउँपालिकामा सम्पन्न अधिवेशनले लीलाबहादुर सुनारको अध्यक्षतामा ४५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरेको छ। जसको उपाध्यक्षमा सिंहबहादुर तामाङ, सचिवमा सर्मिला तामाङ र उपसचिवहरुमा शेरबहादुर गुरुङ र कमल भटटलाई चयन गरेको नेता कमल दानीले जानकारी दिए।

त्यस्तै सिरानचोक गाउँपालिकामा सम्पन्न अधिवेशनले विराज गुरुङको अध्यक्षतामा गाउँ कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा मोहन शाही, सचिवमा ज्ञानराज गुरुङ र  उपसचिवहरुमा शिव पोखरेललाई सर्वसम्मत चयन गरेको छ। 

गण्डकी गाउँपालिकामा सम्पन्न अधिवेशनले विष्णु पन्तको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा इन्द्रबहादुर बिक, सचिवमा भीमलाल श्रेष्ठ र उपसचिवमा लीलाबहादुर पाण्डे र विमला चेपाङलाई सर्वसम्मत चयन गरेको अध्यक्ष पन्तले जानकारी दिए।

त्यस्तै भीमसेन थापा गाउँपालिकामा सम्पन्न अधिवेशनले सुजन सिम्खडाको अध्यक्षतामा सर्वसम्मत गाउँ कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा नवराज पोखरेल, सचिव हरि सिंखडा र उपसचिवमा कमल भट्ट र निलप्रसाद खनाल चयन भएका छन्। 

एमाले गण्डकी प्रदेश कमिटि सदस्य सुरेन्द्र थापाको प्रमुख आथित्यतामा कार्यक्रम भएको नव निर्वाचित सचिव हरि सिंखडाले बताए। कार्यक्रममा रामप्रसाद अर्याल, सादुराम थापा, सूर्य श्रेष्ठ, नेकपा माओवादी केन्द्रका सागर श्रेष्ठ, कांग्रेसका नारायण भट्टराई लगायतले धारणा राखेका थिए। 

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकामा सम्पन्न अधिवेशनले हरि बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ। कमिटिको उपाध्यक्षमा खेम घले, सचिवमा सुजन गुरुङ र उपसचिवमा हरिकुमार श्रेष्ठ चयन भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.