पाल्पाका १० वटै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

पाल्पाका १० वटै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

तानसेन : नेकपा एमाले पाल्पाको १० वटै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन भएका छन्। कार्तिक ९ गते भएको प्रथम पालिका अधिवेशनबाट पाल्पाका १० वटै स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको हो। 

रैनादेवी छहरा गाउँपालिकामा राम प्रसाद ज्ञवालीको अध्यक्षता उपाध्यक्षमा दान बहादुर थामी, सचिवमा मान बहादुर थामी र उप सचिवमा कर्ण बहादुर कुमाल र सावित्रा पाण्डेसहित ७५ सदस्यीय गाउँ कमिटी चयन भएको छ।  

यसैगरी रिव्दिकोट गाउँपालिकामा आशिष विश्वकर्माको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन भएको छ। जसको उपाध्यक्षमा भिम बहादुर सारु, सचिव दान बहादुर कुवँर, उप-सचिवमा तुल बहादुर जि.सी. र गोमा न्यौपाने, चयन भएका छन्। तानसेन नगरपालिकामा गुराश आत्रेयको अध्यक्षतामा उपाध्यक्ष शशि श्रेष्ठ, सचिव महेशलाल शाक्य, उप-सचिवमा मित्र लाल नेपाली र थानिसरा सोमैसहित ७५ सदस्यीय नगर कमिटी चयन भएको छ।  

यसैगरी बगनासकाली गाउँपालिकाको अध्यक्ष हरी पाठक उपाध्यक्षमा सरस्वती चिदी, सचिवमा ओम प्रकाश गैरे, उप सचिवमा पदम थापा र गिता गैरेकोसहित ७१ सदस्यीय गाउँ कमिटी चयन भएको छ।  

तिनाउँ गाउँपालिकामा प्रेम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ। कमिटीको उपाध्यक्षमा रोम बहादुर लम्तरी सचिवमा यादव प्रसाद अर्याल, उप-सचिव सावित्रा राना र लक्ष्मण कुमाल ६४ सदस्यीय गाउँ कमिटी निर्माण भएको छ। रम्भागाउँपालिकामा योगेन्द्र कुमार गैरेको अध्यक्ष, उपाध्यक्षमा उमानसिंह सारु, सचिवमा विजय रानाभाट उप सचिवमा सावित्रा सारु दिलबहादुर गाँहा ७५ सदस्यीय गाउँ कमिटी चयन भएको छ। 

माथाँगढी गाउँपालिकामा तेज बहादुर घर्तिको अध्यक्षतामा उपाध्यक्षमा शेर बहादुर वि.क. सचिवमा शंकर दर्लामी उप सचिवमा हरि बहादुर घर्तिमगर र  तुल्सा न्यौपानेसहित  ६७ सदस्यीय गाउँ कमिटी चयन भएको छ। 

पुर्वखोलामा जिवन प्रसाद आचार्यको अध्यक्षतामा उपाध्यक्ष मान बहादुर सारु, सचिवमा तिर्थ सारु उप(सचिवमा भगवती राना, मेक बहादुर राना  सहित ६१ सदस्यीय गाउँ कमिटी चयन भएको छ। निस्दीमा गाउँपालिकामा नरेश सुनारीको अध्यक्षतामा उपाध्यक्ष किरण श्रेष्ठ सचिवमा मेख बहादुर सुनारी, उप-सचिवमा खुम बहादुर ढेंगा प्रेम बहादुर बाकाबलसहित ६१ सदस्यीय गाउँ कमिटी चयन भएको छ। 

रामपुर नगरपालिकामा विष्णु प्रसाद रेग्मीको अध्यक्षतामा उपाध्यक्ष तोयनाथ सारु, सचिवमा कृतिनाथ श्रेष्ठ उप-सचिवमा ईश्वरी खनाल र मिन बहादुर वंशीसहित ७५ सदस्यीय नगर कमिटी चयन भएको छ। पालिकाहरुका सर्व सम्महत नेतृत्व चयन गर्न केन्द्रिय सदस्यहरु देखी जिल्लाका नेताहरु खटिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.