दैलेख अस्पतालले थाल्यो अक्सिजन उत्पादन

दैलेख अस्पतालले थाल्यो अक्सिजन उत्पादन

दैलेख : कोरोना भाइरस (कोभिड-१९) महामारीको दोस्रो लहरबाट दैलेख पनि नराम्ररी थला पर्याे। जटिल प्रकारका संक्रमितहरुले अक्सिजन पाउनसमेत हम्मे हम्मे पर्यो। यद्धपी स्वास्थ्य सेवा कार्यालय लगाएतका सरकारी तथा गैरसरकारी निकाय, व्यक्तिगत तथा समूहगत रुपमा भएका पहलहरुले जसो तसो अक्सिजनको जोहो भयो। जिल्लामा अक्सिजनको जोहो गर्न हम्मेहम्मे हुनुको एउटै कारण थियो, यहाँ अक्सिजनको उत्पादन थिएन। अर्थात प्रदेश बाहिरबाट सिलिण्डरमा अक्सिजन ल्याउनुपर्ने बाध्यता थियो।
 
कोरोनाको दोस्रो लहरले जिल्लालाई गतिलो पाठ पनि सिकायो। त्यही पाठ सिकेपछि जिल्लामै अक्सिजन उत्पादन सुरु गर्ने गरी पहल थालियो। फलस्वरुप हालै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ। जिल्लाकै ठूलो अस्पताल दैलेख जिल्ला अस्पतालमा बुधवारदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएसँगै उत्पादन समेत थालिएको छ।

 
बुधवार प्रतिनीधि सभा सदस्य एवं एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्मा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का लगाएको उपस्थितीमा दैलेख अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ।

गत असारमै टेन्डर भएर अक्सिजन प्लान्ट आएको थियो। अक्सिजन प्लान्ट आएपनि राख्ने भवन नहुँदा थन्किएको थियो। अहिले भवन तयार भई जडानको काम सकिएसँगै उत्पादन समेत सुरु भएको अस्पताल स्रोतले जनाएको छ।
  
दैलेख जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको शुद्धता ९० प्रतिशतसम्म रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए। उनका अनुसार यसमा जडान भएको बुस्टरले प्रतिदिन ४० लिटर क्षमताका ४० वटा सिलिन्डर भर्न सक्छ। रेग्मीका अनुसार ७५ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान भएको हो। 

कोरोनाको दोस्रो लहरको बेला अक्सिजनका लागि नेपालगंजसम्म धाउनुपर्ने अवस्था आएपछि अक्सिजन प्लान्ट राख्नका लागि पहल थालिएको थियो। अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरुभएसँगै दैलेख अस्पताल, दुल्लु अस्पताल लगाएत स्थानीय तह मातहतका अस्पतालहरुमा अक्सिजन अभावको समस्या समाधान हुने स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले बताए। 

अक्सिजनको अभावमा अब दैलेख अस्पतालबाट सुर्खेत तथा नेपालगञ्जसम्म बिरामी पठाउनुपर्ने अवस्था अन्त्य भएको छ। ‘नेपालगंजबाट दैलेखसम्म समयमै अक्सिजन आपूर्ति गर्न समस्या हुन्थ्यो, अब त्यो समस्या टरेको छ,’ रेग्मीले भने ‘आवश्यक परेको बेला अक्सिजन उत्पादन गरेर दिन सकिने अवस्थाको सिर्जना भइसकेको छ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.