चितवनको अयोध्याधाममा पुगे ओली
चितवन : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चितवनको माडी रहेको अयोध्याधाम पुगेका छन्। मंगलबार माडीमा रहेको राम मन्दिर अवलोकन गरेका हुन्।
आफ्नी श्रीमतीसहित उनी राम मन्दिर पुगेका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्वाचन क्षेत्रमा रहेको उक्त मन्दिरमा पुगेका ओलीले केहीबेरमा सम्बोधन गर्दैछन्।
आफू प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो। माडीका जनप्रतिनिधिलाई भेटेर ओलीले अयोध्याधामको निर्माण थाल्न निर्देशनसमेत दिएका थिए।
मन्दिर स्थापनापछि माडीको विकास हुनेमा स्थानीय आशावादी छन्। धार्मिक पर्यटनको माध्यमबाट विकास हुनमा माडीका जनता ढुक्क छन्।
प्रतिक्रिया दिनुहोस !