तुलसीपुरमा गौशाला सञ्चालन

तुलसीपुरमा गौशाला सञ्चालन

दाङ : दाङको तुलसीपुरमा बहुउद्देश्यीय गौशाला सञ्चालनमा आएको छ। सडक चौपायाको संरक्षण र सडक सुरक्षाका लागि जिल्लामा तिहारको अवसर पारी गौशाला सञ्चालनमा ल्याइएको हो।

सडकमा छाडा छोडेका गाईहरुलाई संरक्षण र सम्बर्द्धन गरी सहरलाई सुव्यवस्थित गराउने ध्ययले तुलसीपुर उपमहानगरापालिका १३ फुलबारीमा २ करोडभन्दा बढी लगानीमा गौशाला सञ्चालनमा आएको हो। गौशालाको शुक्रबार पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले शुभारम्भ गरेका छन्।
 

२०७६ सालदेखि निर्माण सुरु भएको तुलसीपुर गौशालाको आधारभूत पूर्वाधार निर्माण भएपछि शुक्रबारदेखि औपचारिक रुपमा गाई व्यवस्थापन थालिएको छ। अहिले गौशालामा ४ सय गाई  छन्। गाईको व्यवस्थापन २०७६ साल देखि नै गर्न थालिएको भए पनि गौशालामै ल्याएर अहिले राख्न थालिएको छ। यस अघि तुलसीपुर ६ को रजौरा अस्थायी रुपमा व्यवस्थापन गरिंदै आएको थियो।

तुलसीपुर उपमहानगरपालिकाको सहकार्य, सहयोग शेयर लगानीमा तुलसी गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देशीय सहकारी सस्थाले फूलबारीमा गौशाला सञ्चालनमा ल्याएको हो। सात विगाह क्षेत्रफलमा गौशाला निर्माण गरेर सञ्चालन गरिएको संस्थाका अध्यक्ष बीरबहादुर भण्डारी (मोहन)ले जानकारी दिए। 
नेपालमा नयाँ प्रक्रिया अबलम्बन गरेर गौशाला सञ्चालन गरेको र यसका लागि सबैको सहयोग सहकार्य र अपनत्व आवश्यक रहेको उनले बताए। गौशाला सञ्चालनका लागि अहिले पूर्वाधार पूरा भए पनि गाईहरुको आहारा व्यवहारमा समस्या भएको अध्यक्ष भण्डारीको भनाइ छ।

गौशालामा अहिले ४ सय गाई रहेका छन्। गौशालाको रुपमा मात्रैभन्दा पनि बहुउद्देशीय क्षेत्रका रुपमा चिनाउन युवाहरुको समुहले यो कार्यमा अग्रसरता देखाएको छ।

पर्यटन ग्रामीण तथा सहकारी मन्त्री डिल्लीबहादुर चौधरीले गाई हिन्दु धर्मको आस्थाको केन्द्र भएको हुला यसको संरक्षण र विकासका लागि प्रदेश सरकारले ध्यान दिने बताए। उनले फूलबारी क्षेत्र कृषिमा मात्रै नभएर शिक्षाको पनि हब बनाउन सकिने बताए।

गौशालालाई बहुआयामिक बनाएर गरिबी न्यूनीकरण र पर्यटनसँग जोड्न सकिने दाङका प्रमुख जिल्ला अधिकारी हिराला रेग्मीले बताए। उनले नमुना योग्य कार्य भएको भन्दै यसलाई पर्यटकीय थलो बनाउन अभियान थाल्नु पर्ने बताए। तुलसीपुर उपमहानगरपालिका वातावरण समितिका संयोजक नवराज लामिछानेले स्थानीय सरकारको सहकार्य रहिरहने बताए।

शुभारम्भको अवसरमा तथा गाई तिहारको अवसरका गौशालामा भएको गाईहरुको पूजासमेत गरिएको छ। जिल्लामा व्यवस्थित गौशाला नहुँदा छाडा चौपायाले सहर नै कुरुप बनाइरहेको थिए। छाडा चौपाया गौशालामा व्यवस्थित हुन थालेपछि सडकमा सवारी दुर्घटना लगायतका समस्या भने हटेर जाने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.