छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं : नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले ९१ दिन अवधिको रु १० करोड र १८२ दिन अवधिको रु छ अर्ब गरी कूल रु छ अर्ब १० करोडको ट्रेजरी बिल सोमबार बोलकबोल गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ। यसअघि यही कात्तिक १५ मा बैंकले रु एक अर्ब ६६ करोडको ट्रेजरी बिक्री गरेको थियो।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ। राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ।
प्रतिक्रिया दिनुहोस !