नक्कली प्रमाणपत्रधारीलाई नियुक्त गरियो : मन्त्री साह

नक्कली प्रमाणपत्रधारीलाई नियुक्त गरियो : मन्त्री साह

महोत्तरी : प्रदेश नंं २ का प्रेस काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास वोर्डमा नियुक्त भएका सदस्यहरुमध्ये कतिपयले नक्कली योग्यताका प्रमाण पत्र एवं नक्कली नागरिकता पेश गरेको प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताएका छन्। 

मंगलबार छठपर्वको अवसरमा समृद्धि मिडिया कन्सल्टेन्सीले महोत्तरीको औरहीमा आयोजना गरेको शुभकामना कार्यक्रमकाबीच मन्त्री साहले सो कुरा बताएका हुन्। उनले भने, ‘यस्ता विषयमा आफूलाई थाहा हुँदा समेत ऐनकै कारण उनीहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाउन सकेको छैन। 

तत्कालिन समयमा प्रदेश सरकारले बनाएको प्रदेश स्तरीय आम सञ्चार विधेयकमा सदस्यहरुको योग्यता ४ वर्षको लागि कायम गरेको छ। कुनैपनि वाहानामा ती सदस्यहरुलाई परिवर्तन गर्न नसक्ने नीतिकै कारण हालको समयमा कार्यसम्पादन गर्नका लागि मन्त्रालयलाई अहिले अप्ठयारो भईरहेको छ।’

तत्कालिन समयमा गठन भएको प्रदेशस्तरीय मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास वोर्डलाई विघटन गरी एउटै बनाउने प्रक्रियामा प्रदेश सरकार जुटिसकेको मन्त्री साहले जानकारी दिएका छन्। 

आफ्नो मन्त्रालयको तर्फबाट ती संस्थालाई विधिवत रुपमा प्रक्रिया अगाडि बढाईसकेको उनले खुलासा गरेका छन्। प्रक्रिया अलि झन्झटिलो एवम् लामो भएकोले क्रमिक रुपमा अगाडि बढदा अलि समय लाग्ने भएको मन्त्री साहले बताए। 

महापर्वको छठको अवसरमा तीन दिन विदा दिनुपर्ने आवश्यकता उपर जोड दिँदै मन्त्री साहले संघीय सरकारसँग छलफल गरी अगामी दिनमा सो लागु गरिने प्रतिवद्धता जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.