वातावरण मैत्री छठ मनाऔं : पूर्वमन्त्री पोखरेल

वातावरण मैत्री छठ मनाऔं : पूर्वमन्त्री पोखरेल

महोत्तरी : महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद गिरिराजमणि पोखरेलले वातावरण मैत्री छठ पर्व मनाउन सबैमा आग्रह गरेका छन्। पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका नेता पोखरेलले महापर्व छठलाई मौलिक रुपमा मनाउन सबैमा अपिल गरेका हुन्। 

‘नेपाल संस्कृतिमा व्यापक विविधता भएको देश हो। यसकै एउटा परिचय हो छठ पर्व,’नेता पोखरेलले वर्दिवासमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘एउटा क्षेत्र र समुदायले मनाउने यो पर्वले यतिखेर राष्ट्रिय स्वरुप ग्रहण गरिसकेको छ।’ छठ पर्वको माहौलले उत्सवमय बनेको उनले औंल्याए। 

प्रायःपोखरीहरू पहिले जस्तो स्वास्थ्यको कोणबाट सफा छैनन्,’ उनले भने, ‘मानव जीवनमा जल र प्रकाशको असाधारण महत्व छ। ओजनको पत्रमा प्वाल पारेर माथिको वातावरण पनि प्रदूषित बनाइएको छ। तल पानीका मुहानहरु पनि सुरक्षित गर्न सकेका छैनौ।’ पोखरीहरुको संरक्षण पनि पर्वहरूको कोणबट त्यति नै महत्वका विषयहरु हुने रहेको बताउँदै उनले थपे, ‘वर्षमा एकदिन मात्र हैन वषभरि पोखरीहरु संरक्षण गरेर मात्र हामी छठ जस्ता पर्वहरूलाई पनि स्वस्थ बनाउन सक्छौं।’ 

कृषि युगको त्यो बेलाको चेतनाको प्रतीकको रूपमा स्थापित यो पर्व अहिलेको पँुजीवादी युगमा पनि विस्तार हुने क्रममा रहेको नेता पोखरेलको भनाई छ। ‘छठ पर्वको विस्तारको क्रममा यसको मौलिकता बारे पनि सबैको ध्यान जान जरुरी छ,’ उनले भने, ‘प्रकृति त्यतिबेला आज जस्तो ज्ञेय थिएन। सूर्यकै कारण जीवन सम्भव भएको ठानेर मानिसहरु उषा (बिहान) र प्रति उषा (साँझ) मा सूर्यको उपासना गर्थे। सूर्यको आराधना गरी सकरात्मक उर्जा र शक्ति प्राप्त गर्थे।’ तर, अहिले छठ मात्र हैन सबै पर्वहरू भड्किला भएको नेता पोखरेलले बताए। 

छठ घाटमा पड्काइने पटकाले उत्पन्न गर्ने प्रदुषणले वातावरण दुषित बनाईने गरेको नेता पोखरेलले बताए। भनिन्छ अरूको देखासिखी गर्दै जाँदा छठकै ऐतिहासिकता र मौलिकतामा नै ह्रास आउन थालेको छ। 

‘पर्व मनाउन ऋण लिन थालिएको छ। हाम्रा सोच, विचार र आचरणहरु उत्पादन र आत्मनिर्भरता उन्मुख छैनन्,’ पूर्व शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री पोखरेल समेत रहेको नेता पोखरेलले भने, ‘वस्तुहरु उत्पादन गर्ने होइन बजारमा गएर किन्ने प्रविधि बढ्दो छ।’ अध्येताहरु भन्छन् पर्वमा नयाँनयाँ अध्याय थपेर ब्रतालुलाई सकारात्मक उर्जा दिने हैन बिमार बनाउने प्रक्रिया सुरु भएका छन्। 

तर, छठ पर्व जल र मानव जीवनको दृष्टिकोणबाट महत्वपूर्ण रहेको नेता पोखरेलले बताए। नेता पोखरेलले सबैलाई वातावरण मैत्री भएर यस वर्षको छठ मनाउन आग्रह गर्दै छठ पर्वको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.