दिल्लीमा वायु प्रदूषण ‘आपतकालिन’ तह नजिक, बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह

दिल्लीमा वायु प्रदूषण ‘आपतकालिन’ तह नजिक, बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह

नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको अवस्था ‘आपतकालिन’ तह नजिक पुगेको केन्द्रीय प्रदूषण नियन्त्रण परिषद् (सीपीसीबी)ले चेतावनी दिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सीपीसीबीले वायु प्रदूषण अत्यन्तै खराब अवस्थामा पुगेको भन्दै सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह गरेको छ।

शुक्रबार दिल्लीको एयर क्वालिटी इन्डेक्स ४७१ मा पुगेपछि सीपीसीबीले चेतावनी दिँदै सर्वसाधारणलाई बाहिर ननिस्कन भनेको हो।

शुक्रबार दिल्लीमा वायु प्रदूषण थप खराब हुनुमा फार्महरूमा बालिएको आगो पनि प्रमुख जिम्मेवारमध्ये एक रहेको बताइएको छ। प्रदूषण झन खराब हुँदै गएपछि १८ नोभेम्बरसम्म आपतकालिन व्यवस्थापनका लागि तयार रहन अधिकारीहरूलाई निर्देशन दिइएको छ।

दीपावलीपछि दिल्लीमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको हो। यद्यपि दीपावलीअघि पनि प्रदूषण खराब अवस्थामा पुग्न सक्ने चेतावनी दिइएको थियो।

हाल सुस्त हावाको वहाव भएकाले दिल्लीको प्रदूषण ढिला गरी सफा हुने अधिकारीहरूले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.