वेमौसमी वर्षाले धान बालीमा तीन करोडभन्दा बढी क्षति

वेमौसमी वर्षाले धान बालीमा तीन करोडभन्दा बढी क्षति

तानसेन : कात्तिकमा परेको वेमौसमी वर्षाको कारण पाल्पाका कृषकहरुको धान खेतीमा ठूलो क्षति भएको छ। तीन दिनसम्म परेको अविरल वर्षाले कृषकहरुको ३ करोड ४० लाख रुपैयाँ बराबरको धान नोक्सान भएको हो। 

पाल्पाका १० वटै पालिकामा १ हजार २ सय ७६ जना कृषकहरुको धान खेतीमा नोक्सान भएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताईन्। 

कृषि ज्ञान केन्द्र पाल्पाले स्थानीय तहका कृषि शाखाको सहयोगमा गरेमो स्थलगत अध्यन अनुसन्धानबाट ६ हजार ८ सय ८२ रोपनी क्षेत्रफलमा लगाएको धनवाली क्षति भएको तथ्याङ्क निकालेको हो। कृषि ज्ञान केन्द्रले संकलन गरेको हानी नोक्सानीको  विवरणलाई पुन जिल्ला विपद व्यवस्थापन समिती पाल्पाले पुन अनुगमन गरी प्रमाणित गरेर गृह मन्त्रालयमा पठाएको छ।  

कृषि ज्ञान केन्द्र पाल्पाले लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयमा क्षतीको विवरण पेश गरेको छ। पाल्पामा कृषकहरुको १३ हजार ९ सय २१ क्विन्टल धान नोक्सानी भएको छ। पाल्पाका पालिकाहरुमध्ये सबैभन्दा बढी तिनाउँ गाउँपालिकामा वेमौसमी बर्षाले धान खेतीमा नोक्सान पुर्रयाएको छ। तिनाउँ गाउँपालिकामा ४१५ जना किसानको २ हजार ४७७ रोपनी क्षेत्रफलको धान क्षति भएको छ। 

पुर्वखोला गाउँपालिकामा २३३ जना कृषकको १ हजार १ सय ९१ रोपनीको २ हजार २ सय ९७ क्विन्टल धानको १ करोड १८ लाख ९२ हजार रुपैयाको धान क्षति भएको छ। रैनादेवी छहरा गाउँपालिकामा १९४ जना कृषकको १ हजार २ सय १८ रोपनीमा २ हजार ३ सय ८३ क्विन्टल धानको ४० लाख ४६ हजार रुपैयाँको धान क्षति भएको छ। 

यसैगरी, पुर्वखोला गाउँपालिकामा २३३ जना कृषकको १ हजार १ सय ९२ रोपनीमा २ हजार २ सय ९८ क्विन्टल धानको ६३ लाख १७ हजार २१८ रुपैयाँको धान क्षति भएको छ। माथाँगढी गाउँपालिकामा १२४ जना कृषकको ८१० रोपनीमा १ हजार ६८० क्विन्टल धानको ४२ लाख ४६ हजार ८५८ रुपैयाँको धान क्षति भएको हो। 

निस्दी गाउँपालिकामा ८७ जना कृषकको ३५२ रोपनी क्षेत्रफलमा ८ सय ३२ क्विन्टल धान २३ लाख ७१ हजार ७ सय ७० रुपैयाँको क्षति भएको छ। रिव्दिकोट गाउँपालिकामा ६९ जना कृषकको १८१ रोपनीमा ३२७ क्विन्टल धानको १० लाख २८ हजार ५७५ रुपैयाँ बरावरको क्षति भएको छ। 

तानसेन नगरपालिकामा ४३ जना कृषकको १८९ रोपनीमा ३५३ क्विन्टल धानको ९ लाख ७२ हजार २३५ रुपैयाँ नोक्सानी भएको छ। रम्भा गाउँपालिकामा ४६ जना कृषकको १११ रोपनीमा ६८ क्विन्टल धानको ३ लाख ४० हजार ४ सय रुपैयाँ नोक्सानी भएको छ। जिल्लामा सबैभन्दा रामपुर नगरपालिकामा वेमौसमी वर्षाले नोक्सानी गरेको छ। 

रामपुर नगरपालिकामा १६ जना कृषकको २६ रोपनी खेतमा ५० क्विन्टल धानको १ लाख ५१ हजार ५ सय रुपैयाँ नोक्सानी भएको छ। पाल्पाका १० वटै स्थानीय तहमा संकलन गरेको क्षतिको विवरणमा स्थानीय बजारको दररेट अनुसारको मूल्य निर्धारण गरी क्षतीपुर्तिको लागी मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्रकी प्रमुख अधिकारीले बताईन्। 

समयमै वर्षात भएको र प्रयाप्त मात्रामा पानी परेकोले सबै खेतमा धान बाली लगाएको धान उत्पादन वृद्धि हुने आशा गरिएपनि वेमौसमी वर्षातले धान उत्पादन घट्ने देखिएको छ। पाल्पामा  ८ हजार ८४० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 
   


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.