मुगु आगलागी : ग्यास सिलिण्डरका कारण ठूलो क्षति
मुगु : गमगढीस्थित तल्लो बजारमा खान पकाउने सिलिण्डर ग्यास बिस्पोट हुने डरले आगो नियन्त्रण नगर्दा ठूलोरुप लिएको पाइएको छ। सोमबार राति १२:३१ बजे ठील्ले लामाको घरमा पुजा कोठाको दियोबाट सल्केको आगोबाट सदरमुकाम गमगढीस्थित तल्लो बजारका १७ घर र चार टहरा पूर्ण रुपले क्षति हुँदा ५० करोडभन्दा बढी क्षति भएको छ। घर भित्र भण्डारण गरिएका सिलिण्डर ग्यास विष्फोट हुने डरले आगो नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको आगो नियन्त्रणमा जुटेका स्थानियले बताएका हुन्।
पुजा कोठाको दियोबाट सल्केको आगो देखा पर्ने बित्तिकै स्थानियले आगो निभाउन खोजेपनि घरधनीले घर भित्र खान पकाउने ग्यास सिलिण्डर रहेको जानकारी दिएपछि आगो निभाउन गएका डराएका थिए। आगलागि भएका घरमा रहेका पसल पूर्णरुपले क्षति भएको घरभित्र रहेका सिलिण्डरहरु विष्फोट भइसकेपछि मात्र आगो नियन्त्रणमा आएको छाँयानाथ रारा—१ का बिरजङ्ग मल्लले बताए। 
तल्लो बजारमा रहेको लामाको घर सहित छिरिङ लामा, गोमा शाही, डम्बर मल्ल, झमा लामा, गुरु लामा, टासी लामा, राजबहादुर शाही, छत्त बहादुर मःल्ल कुसलाला सावद, पृथ्बिजङ्ग शाही, रत्नबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, ग्याम्जो लामा, याग्याल लामा, बिशाल मल्ल, पुतलि शाही, लक्ष्मि शाही सुभाष मल्लको घर पूर्ण रुपले क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्र बहादुर भट्टराईले जानकारी दिएका छन्। आगो नेपाल प्रहरी, शस्त्र नेपाली सेना र स्थानियले बुधबार बिहान ४ बजे नियन्त्रणमा ल्याएका थिए। 
आगो लागेर घरबारविहीन भएकाका लागी जिल्ला समन्वय समितिमा बसेको सर्वपक्षिय बैठकले पीडितहरुलाई तत्काल राहतका लागी क्षति विवरण संकलन गर्नुका साथै जिल्लास्थित गैर सरकारी संस्था तथा अन्य सरोकाररवाला निकायलाई राहत उपलब्ध गराउन अनुरोध गर्नु साथै प्रदेश संघिय सरकारलाई पीडितहरुको घर निमार्णका लागी अनुरोध गर्ने निर्णय भएको छ। कर्णाली प्रदेश सरकारले समेत तत्काल खाद्यान्न तथा गैर खाद्य सामग्री उपलब्ध गर्ने जानकारी आफूलाई पुगेका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !