सभापतिमा उम्मेद्वारी दिन्छु : डा. कोइराला

सभापतिमा उम्मेद्वारी दिन्छु : डा. कोइराला

संखुवासभा : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज (बुधबार) संखुवासभाको तुम्लिङ्गटारमा सञ्चारकर्मीसँग महामन्त्री कोइरालाले चौधौं महाधिवेशनमा सभापतिको बलियो उम्मेद्वार रहेको बताएका हुन्। 

सबैलाई मिलाएर कांग्रेस निर्माण गरी जनताको आशा र भरोसाको कांग्रेस निर्माण गर्न आफू अग्रसर भैसकेकाले आफू कुनै हालतमा ब्याक नहुने उनले बताएका छन्। अहिलेका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसकेका कारण आफूले उम्मेदवारी दिन लागेको बताए। महामन्त्री कोइराला रामचन्द्र पौडेल र कोइराला परिवार पक्षबाट उम्मेद्वारी दिने घोषणा गरेका हुन्। 

अदालतको समस्याका बारेमा बोल्दै कोइरालाले भने, ‘अदालतको विवाद त्यही भित्रबाटै समाधान गर्नुपर्छ।’ न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीच एक आपसमा गठबन्धन हुन नहुने बताए। त्यसकारण न्यायलिकामाथि व्यवस्थापिकाले बोल्न नमिल्ने उनको धारण छ।

अहिले गठबन्धनको सरकार चलिरहेको छ। अहिलेको सरकारले सन्तोषजनक काम गर्न नसकेको उनले बताए। यो गठबन्धन निर्वाचन अघिसम्म कायम रहे पनि आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने समेत उनले खुलासा गरे। 'आगामी निर्वाचनमा नेपाली कांग्रेसले कसैसँग गठबन्धन र सहकार्य गर्दैन कांग्रेस एक्लै लड्छ र बहुमत ल्याउँछ यो कुरामा हामी ढुक्क छौं', उनले भने। गठबन्धन चुनावभन्दा पछि नरहने बताए। 

कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र आगामी चुनावमा पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्ने उनको भनाई छ। अहिलेको गठबन्धन सरकार सहकार्यका लागि मात्र भएको महामन्त्री कोइरालाले बताए। आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उनको दावी छ। महामन्त्री कोइराला कांग्रेस कार्यकता भेटघाटका लागि संखुवासभा आइपुगेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.