जनगणना अन्तिम चरणमा : तपाईं छुट्नु त भएन ?

जनगणना अन्तिम चरणमा : तपाईं छुट्नु त भएन ?

जाजरकोट : मेरो सहभागिता मेरो गणना भन्ने मुल नाराका साथ गत कार्तिक २५ गतेदेखि देशभर सुरु भएको जनगणना मंसिर ९ गते सकिंदै छ। जाजरकोटमा राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ। प्रारम्भिक रिपोर्ट अनुसार जाजरकोटमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ।

 
जाजरकोटमा यसपटक करीव दुई लाखको हाराहारीमा जनसंख्या पुग्ने अनुमान गरिएको छ। २०६८ अनुसार जाजरकोटको कुल जनसंख्या एक लाख ७१ हजार तीन सय चार थियो। यसपटक एक लाख ९० हजारदेखि दुई लाख पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको जिल्ला जनगणना अधिकारी जनक बोहराले बताए। उनका अनुसार महिला ९४ हजार सात सय ७३ र पुरुष ९४ हजार पाँच सय ५० तथा अन्य लिङ्गी ७ जना रहेको र केही थपघट हुन सक्छ।
 
२०६८ मा महिला ८५ हजार ७ सय ६७ र पुरुष ८५ हजार ५ सय ३७ थिए। यस अघि महिलाको जनसंख्या बढी देखिएकोमा यस पटक पनि महिलाको संख्या केही बढी हुनेछ। ३० हजार चार सय ४२ घरधुरी रहेकोमा यस पटक ३३ हजार हाराहारीमा घर र ३७ हजार तीन सय परिवार हुने प्रक्षेपन गरिएको छ। 
जाजरकोटमा कुल घरको संख्या भने करीव ४६ हजार रहेको छ। जिल्लामा ३७ हजार परिवार मध्य करीव ३३ हजार परिवार कृषि पेशामा आश्रित छन्। भाडामा बस्ने केही बाहेक सबैको विवरण गणकले संकलन गरिसकेको निर्वाचन अधिकारी बोहराको भनाइ छ। 

छुटले बुधबारसम्म विवरण टिपाउन सक्ने छन्। जिल्लामा जनागणना गर्दा कुनै बाधा अवरोध नभएको उनको भनाइ छ। जनगणनामा दुई सय ४० जना गणक र ६० जना सुपरिपेक्षक खटिएका थिए। जिल्ला सदरमुकाममा जिल्ला जनगणना कार्यालय स्थापना गरेर सुरु गरिएको जनगणनाका स्थानीय जनगणना कार्यालय छेडागाडको मनघाट र नलगाडको दल्लीमा स्थापना गरिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.