जबर्जस्ती चन्दा उठाउँदै ‘विप्लव’
गोरखा : विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले फेरि चन्दा अभियान सुरु गरेको छ। लामो समय भूमिगत रहेर खुल्ला भएलगत्तै सो पार्टीले गोरखाका व्यापारी, व्यवसायीहरुसँग आर्थिक सहयोग मागेको हो।
पार्टीका जिल्ला सेक्रेटरी ‘प्रतीक’द्वारा हस्ताक्षर गरिएको सो पत्रमा संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आफ्नो पार्टी लडिरहेकाले सहयोग गर्न भनिएको छ।
‘हामी सच्चा कम्युनिष्ट, देशभक्त, लोकतान्त्रिक शक्तिलाई अग्रगामी निकासको पक्षमा नैतिक, भौतिक, आर्थिक सहयोग, ऐक्यबद्धता, समर्थन र सल्लाह सुझावको अपेक्षा गर्दछ’, व्यापारी, व्यवसायीलाई पठाइएको पत्रमा भनिएको छ। ‘पैसा मागेर पार्टीको लेटरप्याडमै चिठी पठाएका छन्’, एक व्यापारीले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, ‘तर मैले दिएको छैन, दिन्न पनि। चन्दा दिएन भनेर अब पनि फेरि काट्न सक्दैनन्, मार्न सक्दैनन्।’
‘स्वेच्छिक’ रुपमा मागिएको तर कर, बल नगरिएको सेक्रेटरी प्रतिकले बताएका छन्। उनले भने, ‘स्वेच्छिक आव्हान गरिएको मात्र हो। कसैलाई करकाप पनि गरिएन, जोड, बल पनि गरिएन।’तर पार्टीको स्थापना दिवस पूर्व निर्धारित स्वरुपमा नगरिएको उनले बताए।
नेकपाले गोरखा बजारका एक व्यापारीलाई लेखेको पत्र।
प्रतिक्रिया दिनुहोस !