शुक्रबार अफगानिस्तानबाट तीन सय बढी मानिसको उद्दार
काबुल : अफगानिस्तानबाट फ्रान्सले तीन सय बढी मानिसको उद्दार गरेको छ। फ्रान्सले शुक्रबार २५८ जना अफगानीसहित तीन सय मानिसको उद्दार गरेको हो।
अलजजिरामा प्रकाशित समाचार अनुसार उद्दार गरिनेमा २५८ अफगानी, ११ फ्रेन्च नागरिक, ६० जना डच तथा एक जना राष्ट्रियता नखुलेको व्यक्तिको उद्दार भएको हो। उद्दार कार्य कतार र फ्रान्सले संयुक्त रूपमा गरेको बताइएको छ।
तालिबानले अफगानिस्तान कब्जामा लिएपछि जोखिममा रहेका मानिसको उद्दार गरिएको समाचारमा बताइएको छ। जोखिममा रहेका पत्रकार, फ्रेन्च नागरिक, सेनालगायत स्थानीय कामदारको समेत उद्दार गरिएको हो। कतारको सहयोगमा फ्रान्सले सेप्टेम्बर १० देखि ११० फ्रेन्च नागरिक र ३९६ अफगानीको उद्दार गरेको विज्ञप्तीमा जानकारी दिइएको छ।
यस्तै फ्रान्स र कतारले संयुक्त रूपमा अफगानिस्तानमा मानवीय सहायता समेत गरेको बताइएको छ। फ्रान्स र कतारले स्वास्थ्य सामग्री, खाना, न्यानो कपडालगायतका सामग्री वितरण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !