स्वर्गद्वारी जाँदै गरेको अटो दुर्घटना : बावुछोराको मृत्यु, चार घाइते

स्वर्गद्वारी जाँदै गरेको अटो दुर्घटना : बावुछोराको मृत्यु, चार घाइते

बुटवल : प्यूठानमा टिपरले अटो रिक्सालाई ठक्कर दिँदा बावुछोराको घटनास्थलमै मृत्यु भएको छ। विजुवारबाट स्वर्गद्वारी मन्दिर दर्शनका लागि गएका  प्यूठान नगरपालिका ३ घुर्चनेका ३५ वर्षीय अमृत थापा र उनका ६ वर्षीय छोरा सुशान्त थापाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेहरुको प्यूठान अस्पतालमा उपचार भइरहेको छ। चकचकेबाट विजुवारतर्फ आइरहेको ना.८.ख ३९०३ नम्बरको टिपरले लु.१.ह ५७०७ नम्बरको अटोलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

मृतका आफन्त घटनाका दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव उठाउन मानेका छैनन्। भालुबाङ–प्यूठान सडकखण्ड ४ घण्टादेखि अवरुद्ध छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.