प्रदेश रंगशालाको शिलान्यास

प्रदेश रंगशालाको शिलान्यास

दैलेख : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १० हजार दर्शक अट्ने क्षमताको प्रदेश रंगशाला निर्माण सुरु भएको छ । कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि सारेको कर्णाली प्रदेश रंगशालाको शिलान्यास गरिएको छ ।

सोमबार एक कार्यक्रमका बीच कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले रंगशाला निर्माण कार्यको शिलान्यास गरेका हुन् । रंगशाला निर्माणका लागि कात्तिक अन्तिम साता कर्णाली खेलकूद विकास परिषद् र निर्माण कम्पनी एमएसीजीएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौँबीच सम्झौता भएको थियो ।  

कर्णाली प्रदेश सरकारले असार १६ गते रंगशालालाई प्रदेश गौरवको पहिलो आयोजनाको रुपमा निर्माण अघि बढाउने निर्णय गरेको थियो । सोहि अनुसार रंगशाला निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक ग्लोबल टेण्डर आव्हान गरेको थियो । टेन्डर प्रक्रियामा सहभागी भएका ६ कम्पनीमध्ये एमएसीजीएसएल ज्वाइन्टभेन्चर छनोट भएको थियो ।

रंगशाला शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा लिएको प्रदेश रंगशाला निर्माणको काम निर्धारित समयसीमा भित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । ‘दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना कर्णालीले गर्नुपर्नेछ, त्यस अगाबै हाम्रा पूर्वाधारहरु व्यवस्थित भइसक्नुपर्छ,' मुख्यमन्त्री शाहीले भने ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार एक अर्ब ५९ करोड ४७ लाखको लागतमा निर्माण हुने रंगशाला १० हजार दर्शक अट्ने क्षमताको बनाइनेछ । निर्माण कम्पनीलाई ३० महिनामा काम सम्पन्न गर्ने कार्यादेश छ ।

रंगशालाभित्र खेल सञ्चालनका लागि आवश्यक पर्ने सबै अत्याधुनिक संरचनाहरु निर्माण हुनेछन् । रंगशालामा संरचनाहरू भुकम्प प्रतिरोधक बनाइनेछ । भौतिक संरचनाको अभावमा यहाँको खेलकुद क्षेत्र विकास हुन नसकेका बेला रंगशाला निर्माणले कर्णालीका खेलाडीहरु उत्साही बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.