ललितपुरको बंगलामुखीमा सामुहिक बेल विवाह (तस्बिरहरू)
ललितपुर : ललितपुरको बंगलामुखीमा आज मंगलबार सामुहिक बेल विवाह भएको छ। नेवार समुदायको प्रचलन अनुसार नेवार बालिकाहरुको बेल विवाह गरिएको हो।
ईही अर्थात् बेल विवाह नेवार जातिमा बालिका रजश्वला हुनुअगाडि गर्ने प्रचलन छ।
ईही गर्ने दिन बालिका दिनभर व्रत बस्छन्। त्यस दिन बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी ईही गर्ने बालिकाका बुवाले इष्ट देवतासँग विधिवतरूपमा सम्बन्ध गाँस्ने काम गर्दछन्।
नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ। ईही भएपछि बिजोर वर्षमा बाह्र दिनसम्म बाह्रा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि वरसँग विवाह गराइन्छ।
प्रतिक्रिया दिनुहोस !
५