कांग्रेस क्षेत्रीय अधिवेशन : कति मतले हारे अमरेशकुमार सिंह ?

कांग्रेस क्षेत्रीय अधिवेशन : कति मतले हारे अमरेशकुमार सिंह ?

मलंगवा : कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सर्लाहीको क्षेत्र–४ को क्षेत्रीय अधिवेशनमा संघीय सांसद डा. अमरेशकुमार सिंह पराजित भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका सिंहको प्यानल नै पराजित भएको हो ।

गोडैता नगरपालिकास्थित रामवनमा भएको मतदानमा सिंहले २ सय ४८ मत प्राप्त गरेका छन् भने प्रदेश सरकारका मन्त्रीसमेत रहेका वीरेन्द्रप्रसाद सिंह ५ सय १४ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । संघीय सांसद कोइराला पक्षमा देखिएका छन् भने प्रदेश मन्त्री सिंह संस्थापन पक्षमा देखिएका छन् ।

क्षेत्रीय सभापतिमा धनकौल गाउँपालिकाको अध्यक्ष समेत रहेका संस्थापन पक्षका रामआश्रय साह ५ सय १६ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी इतर समूहका हरेन्द्र सहनीले २ सय २७ मत मात्रै प्राप्त गरेका छन् ।

क्षेत्र नं. १ को ईश्वरपुरस्थित बयलवासमा मतगणना चलिरहेको छ। बुधबार बिहान सम्मको मतगणनामा दुवै पक्षको मिश्रित नतिजा आइरहेको छ। बिहान सम्म १ सय ५० मत मात्र गणना भएको छ। क्षेत्र नं. ३ मा मङ्गलबार राति अबेरसम्म उम्मेदवारहरुको मनोनयन दर्ता भएको थियो । बरहथवामा जारी सो क्षेत्रको अधिवेशनमा बुधबार मतदानको तयारी छ ।

क्षेत्र नं. २ मा भने विवाद छ । यस क्षेत्रमा तीनवटा वडाको वडा अधिवेशनको विषयलाई लिएर विवाद भएको कारण तोकिएको समयमा मतदान हुन नसकेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.